शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘हेरिटेज पेजेन्टस्’ को नयाँ संस्करण सुरु

मङ्गलबार, १४ माघ २०७६, १६ : ४६
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । विश्वका ४० देशका ५० बढी सुन्दरीको सहभागिता रहने सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’ नयाँ संस्करण सुरु भएको छ । आयोजक इप्लानेट प्रालिले मंगलबार एक विज्ञाप्ति जारी गर्दै ‘हेरिटेज पेजेन्टस २०२०’ को आवेदन खुल्ला भएको जानकारी दिएको हो ।

मलेसियामा आउँदो अप्रिल ११ देखि २० अप्रिलसम्म आयोजना हुन लागेको प्रतियोगितामा यस पटकको ‘हेरिटेज् पेजेन्टस् २०२०’ अन्तर्गत मिस हेरिटेज इन्टरनेशनल र मिसेस् हेरिटेज इन्टरनेशनल २०२० को दुई उपाधि लागि प्रतिस्पर्धा हुनेछ ।
 
प्रतियोगितामा सहभागीका लागि मिसतर्फ १८ देखि २७ र मिसेस्तर्फ २० देखि ४५ वर्ष उमेर हद तोकिएको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए । सौन्दर्य प्रतियोगितामार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको हो ।

प्रतियोगिताका सहभागी र विजेताको दायित्व, कर्तव्य सम्बन्धित मुलुकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ । सिंगापुरका सुसान कोहको संयोजन रहने प्रतियोगिताका लागि नेपालबाट सञ्चारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहनेछन्, भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफी रहने आयोजकले जनाएको छ । 

सौन्दर्य प्रतियोगितामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल ईप्लानेट प्रा.लिले ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल’ २०१४ मा थालनी गरेको थियो । ‘हेरिटेज् पेजेन्टस् २०२०’ त्यसैको निरन्तरता हो ।

नेपाल लगायत भारत, बंगलादेश, थाइल्याण्ड, म्यानमार, सिंगापुर, सियरालियन,जिम्बावे, जाम्बिया, युगाण्डा, रसिया र बेलारुस गरी १२ राष्ट्रका सुन्दरीहरुको सहभागिताबाट सुरु भएको यो प्रतियोगिताको अघिल्लो श्रृङ्खलामा ४० देशको सहभागिता रहेको थियो । 

‘मिस हेरिटेज इन्टरनेशनल’ को पहिलो संस्करण नेपालमा, दोस्रो भारतको नयाँदिल्ली, तेस्रो श्रीलंकामा, चौथौं  र पाँचौ सिंगापुरमा सम्पन्न भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप