शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्ज ‘क्यान ईन्फोटेक २०२०’ सम्पन्न, ४५ हजारले गरे अवलोकन

मङ्गलबार, १४ माघ २०७६, १७ : ५४
मङ्गलबार, १४ माघ २०७६

वीरगन्ज–  नेपालमा सुचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साद्धारा आयोजित क्यान ईन्फोटेक आईटी मेला २०२० सम्पन्न भएको छ । 

गत माघ ९ गतेबाट आयोजना भएको क्यान ईन्फोटेक २०२० को अन्तिम दिन सोमबारसम्म करिब ४५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।

क्यानको समापन कार्यक्रममा बोल्दै वीरगञ्ज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्यले सुचना प्रविधी क्षेत्रको विकासमा क्यानले पुर्याएको योग्दानको प्रशंसा गरे । वीरगञ्जका लागि बिल्कुलै नयाँ परिवेशको कार्यक्रम भएको हुनाले यहाँका युवाहरु यसतर्फ आकर्षित हुनुपर्ने ठाउँमा नभएको भन्दै दुखः व्यक्त गरे । यस्ता कार्यक्रमलाई भविष्यमा निरन्रता दिई रहन क्यान पर्सालाई उनले आग्रह गरेका थिए ।

यसैबीच वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौलागाईले युवाहरुको सक्रियतामा युवाहरुका लागि आयोजना भएको क्यान ईन्फोटेक सफल भएको भन्दै शुभकामना व्यक्त गरेका थिए। उनले यस्ता कार्यक्रम तथा समारोहले विधार्थीहरुको क्षमता विकासमा ठुलो योगदान पुर्याएको बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरुले अधिराज्यभरि छरिएर रहेका सुचना प्रविधीका विज्ञ, जनशक्ति तथा संघसंस्थाको उत्थान तथा विकासका लागि निरन्तर सक्रिय रहन क्यानलाई आग्रह गरेका थिए । क्यान ईन्फोटेक प्रदेश २ तथा वीरगञ्जका लागि नयाँ कार्यक्रम भएको हुनाले यसलाई निरन्तरता दिनुपर्नेमा सवैले जोड दिएका थिए ।

क्यान महासंघ पर्साका अध्यक्ष दिपक शाहले क्यान ईन्फोटेक आयोजनामा साथ दिने सबैमा धन्यवाद व्यक्त गरेका थिए । देशको आर्थिक राजधानीका रुपमा रहेको वीरगञ्जलाई आउने दिनहरुमा आईटी हवका रुपमा पनि चिनियोस् भन्ने अभिप्रायले क्यान ईन्फोटेक आयोजना उनको भनाई छ ।

५ दिनसम्म चलेको क्यान ईन्फोटेक २०२० मा सुचना प्रविधीसँग सम्बन्धीत करिब ६० भन्दा बढी स्टल राखिएका थिए । आइटी क्षेत्रमा भविष्य बनाउन चाहनेहरुका लागि क्यान ईन्फोटेक पछिल्लो समय अध्ययन स्थलका रुपमा स्थापित भएको थियो ।

क्यान महासंघ पर्साले आयोजना गरेको क्यान ईन्फोटेक यसभन्दा अगाडी सन् २०१८ मा आयोजना गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप