पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गरी एकैपटक ४ कार्यक्रम गर्दै नेपाल पर्वतारोहण संघ
काठमाडौँ । नेपाल पर्वतारोहण संघले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गरी एकैपटक विभिन्न चार कार्यक्रम गर्ने भएको छ ।
संघले मंगलबार पत्रकार सम्मेलन गरी पर्यटन वर्ष २०२० को प्रचार प्रसार र नेपालका पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धनका लागि कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिएको छ ।
संघका अध्यक्ष सन्तवीर लामाले आगामी फेब्रुअरी १ देखि १० गते मनाङमा ‘दोस्रो आइस क्लाम्बिङ फेस्टिभल २०२०’ आयोजना गरिने बताए ।
त्यस्तै फेब्रुअरी १ र २ मा पासाङ ल्हामु स्पोर्टस क्लाम्बिङ सेन्टरमा ‘सातौं पार्क योङ्ग सिओक वाल क्लाम्बिङ कम्पिटिसन’, फुब्रुअरी ३ देखि ५ सम्म पोखरामा ‘तेस्रो विश्व शान्ती पुजा’ र फेब्रुअरी ५ मा ‘सत्रौं अन्तर्राष्ट्रिय पर्वतिय संग्राहलयको वार्षिकोत्सव’ आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले नेपाली हिमालमा हुने प्राकृतिक प्रकोपलाई बिर्सेर आनन्द लिन र भ्रमण वर्षको प्रचार प्रसारका लागि कार्यक्रमहरुले सघाउ पु¥याउने बताए ।
कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० सचिवालयका उपसचिव राजन पौडेलले पर्यटन वर्षको लक्ष्य पुरा गर्न सचिवालयले नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्न तयार रहको बताए ।
सबै कार्यक्रममा विभिन्न देशका पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहने छ । त्यस्तै अध्यक्ष लामाले सबै कार्यक्रमले नेपालको पर्यटन क्षेत्र र नेपाल पर्वतारोहण संघको गतिविधिको प्रचार प्रसारमा सहयोग पु¥याउने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
-
सिंहदरबारमा प्रचण्ड–ओली छलफल
-
नाउपाका पाँच सांसदले प्रदेश प्रमुखलाई भने– सोडारीलाई हाम्रो समर्थन छैन (पत्रसहित)
-
सुदूरपश्चिममा समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त
-
कांग्रेस र राप्रपाले प्रदेशसभा बैठक बहिष्कार गर्ने
-
यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु