शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल पर्यटन बोर्डको सीईओमा धनञ्जय रेग्मी

मङ्गलबार, १४ माघ २०७६, १८ : ३०
मङ्गलबार, १४ माघ २०७६

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्ड सञ्चालक समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई आगामी कार्यकालको सीईओमा नियुक्त गरेको हो ।

रेग्मीसँगै बोर्डका अध्यक्षका लागि दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर सिफारिसमा परेका थिए ।

रेग्मीलाई नेपाल कम्युनिष्ट पार्टी निकट व्यक्ति मानिन्छ । पृथ्वीनारायण क्यम्पस पोखरामा हुँदा उनले अनेरास्ववियुसँग निकट रहेर काम गरेका थिए । 

जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भुगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्रोफेसर र नेपाल भुगोल समाजका अध्यक्षका रुपमा कार्यरत छन् । 

रेग्मी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन् ।

नेपाल पर्यटन बोर्डको सञ्चालक समितिले ३३ दिनदेखि रिक्त सीईओ नियुक्त गर्न माघ १२ गते अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलाई सदस्य सचिव तोकेको छ ।

निवर्तमान सीईओ दिपकराज जोशीको चार वर्षे कार्यकाल सकिएपछि सञ्चालक समितिले नयाँ प्रक्रिया थालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप