शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राज्यमन्त्री झाले दिइन् राजीनामा

मङ्गलबार, १४ माघ २०७६, १८ : ३५
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । मन्त्रीको काम कारवाहीबाट असन्तुष्ट रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाका बीच एकजना राज्यमन्त्रीको राजीनामा आएको छ । 
प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाले आफ्नो पदबाट राजीनामा दिएकी हुन् । 

राजपा नेपालबाट राज्यमन्त्री बनेकी डा झाले एक पत्र सार्वजनिक गर्दै राजीनामा दिएकी हुन् । 

उनको पत्रमा  प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र जोगाउन लामो समयदेखि प्रयास गरेपनि अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा दिएको उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप