शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सोमालियाको आर्थिक प्रगतिको अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा प्रशंसा

मङ्गलबार, १४ माघ २०७६, २३ : १३
मङ्गलबार, १४ माघ २०७६

एजेन्सी । आर्थिक सुधारमा देखिएको निरन्तरको प्रगतिले मोगादिसुलाई झण्डै ऋणमुक्त गर्न लागेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले सोमालियाको प्रशंसा गरेको छ ।  सोमालियाको सुधार प्रयासका लागि लगानी गरेको कोषले सोमबार साँझ जारी विज्ञप्तिमा भनेको छ, ‘सोमालियाले लागि राजस्व, सार्वजनिक वित्तीय व्यवस्थापन र आर्थिक सुधारका लागि महत्वपूर्ण मानिने भ्रष्टाचारविरोधी कानूनहरू बनाएर आर्थिक सुधारमा प्रगतिका दीर्घकालीन सकारात्मक बाटो तय गरिसकेको छ । सोमालियाले लिएको आर्थिक सुधारको बाटो प्रशंसनीय छ ।’

अलिसन होल्याण्डको नेतृत्वमा कोषको टोलीले गत हप्ता सोमालियाली अधिकारीलाई भेटी आर्थिक विकास र सुधारमा गरेको प्रगतिका बिषयमा छलफल गरेको थियो । सोमालियाको आर्थिक सुधारका लागि भएका निरन्तरका प्रयासले ठूलो ऋणको भार सहँदै आएको मुलुकलाई राहत प्रदान गरेको छ ।

होल्याण्डले भने, ‘सोमालियाको आन्तरिक राजस्व सङ्कलन मजबुत बनेको छ । सन् २०१९ पछि सोमालियाले १९ करोड ४० लाख ६० हजार अमेरिकी डलर आन्तरिक राजस्व सङ्कलन गरेको छ । उक्त रकम राजस्व सङ्कलनका लागि सन् २०१९ को पूरै वर्षका लागि लिएको लक्ष्यसँग करिब बराबर हो । सोमालियाले आन्तरिक राजस्वबाट सन् २०१९ मा कुल १९ करोड ६० लाख अमेरिकी डलर सङ्कलनको लक्ष्य लिएको थियो ।’

सोमालियाले र कोषको प्रतिनिधिमण्डलबीच आगामी तीन बर्षका लागि तयार पारेको बृहत् आर्थिक सुधारको कार्यक्रममा कोषले सहमति जनाएको पनि उनले बताए ।

आगामी कार्यक्रमका लागि सोमालियाले अघि सारेका योजनामा सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ गर्ने, आन्तरिक राजस्व वृद्धिमा निरन्तरता र परिचालनको प्रत्याभूत र केन्द्रीय बैंकको क्षमता र भ्रष्टाचार नियन्त्रणका लागि थप धारणा रहेका र यसले मोगादिशुको आर्थिक उन्नतिको प्रत्याभूति गरेको कोषले बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप