शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ल्याण्डलाइनमार्फत् भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्ने प्रक्रिया अघि बढ्यो

बुधबार, १५ माघ २०७६, ०७ : १८
बुधबार, १५ माघ २०७६

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटीभी) सञ्चालनको तयारी गरेको छ । कम्पनीले तारसहितको टेलिफोन (ल्याण्डलाइन) मार्फत भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको हो । यसका लागि कम्पनीले भियतनामको सरकारी कम्पनी भएनपीटीसँग सम्झौता गरिसकेको छ । 

कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले ल्याण्डलाईनलाई  एफटीटीएचमा रुपान्तरण गरी एउटै सेवाबाट भ्वाइस, भिडियो र डेटा सेवा दिने काम अगाडि बढाएको जानकारी दिए । यो समाचार आजको कारोबारमा सरस्वती ढकालले लेखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप