शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वसन्त पञ्चमी बिहिबार तर ऋतु भने फागुन १ बाट सुरुः हजार वर्षदेखि कहिल्यै पञ्चमीबाट सुरु भएन वसन्त ऋतु

बुधबार, १५ माघ २०७६, ०९ : ४५
बुधबार, १५ माघ २०७६

भोलि अर्थात् माघ १६ मा  यसवर्षको वसन्त पञ्चमी परेको छ । साधारणतया पञ्चमीबाट वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ तर वास्तवमा पछिल्लो हजार वर्षदेखि कहिले पनि वसन्त पञ्चमीदेखि वसन्त ऋतुको सुरुवात भएको छैन । यसपटक पनि १६ गते वसन्त पञ्चमी परेको छ तर वसन्त ऋतुको आगमन भने फागुन १ बाट हुनेछ ।

यसपटकको सरस्वती पूजा निकै विशेष मानिएको छ । ज्योतिषको दृष्टिकोणबाट हेर्ने हो भने पञ्चमी तिथिबाट ६ राजयोगसहित ७ शुभ योगको निर्माण भइरहेको छ । यसदिन किनमेल, मांगलिक कार्य, व्यापार र विद्या आरम्भसहित समग्र शुभ कामका लागि यो निकै राम्रो संयोग हो । सनातन परम्परामा वसन्त पञ्चमीबाट बालबच्चालाई पहिलो पटक विद्यालय पठाएर विद्यारम्भ संस्कार सिकाइन्छ ।

बनारस हिन्दु विश्वविद्यालयका ज्योतिषाचार्य पं. गणेश मिश्राका अनुसार प्राचिन कालदेखि सूर्य मीन वा मेष राशिमा प्रवेश गर्दा वसन्तु ऋतु मनाइन्छ । तर पछिल्लो हजार वर्षमा वसन्त पञ्चमीमा कहिले पनि वसन्त ऋतुको सुरुवात भएको छैन । अर्थात्, वसन्त पञ्चमी कहिले पनि वसन्त ऋतुबाट सुरु भएको छैन । यो पर्व सरस्वती पूजाका लागि महत्वपूर्ण मानिन्छ । यस दिन सरस्वती प्रकट हुने मान्यता राखिन्छ ।

ज्योतिषाचार्य गणेश मिश्राका अनुसार यो वर्ष वसन्त पञ्चमीमा सूर्य र बुधबाट मिलेर विद्या योग बनिरहेको छ । यसबाहेक अन्य ६ राजयोग पनि बनिरहेको छ । जसका कारण ज्योतिषको दृष्टिकोणबाट पनि वसन्त पञ्चमी पर्व निर्क विशेष रहेको छ । वसन्त पञ्चमी विद्या योग बन्दा विद्यारम्भ संस्कार महत्वपूर्ण हुनेछ । त्यसकारण जो आमाबुवाले आफ्ना सन्तानको शिक्षा सुरु गर्न चाहन्छन्, यो वसन्त पञ्चमी उनीहरुका लागि विशेष फलदायी हुनेछ । यस्तै, ६ राजयोग बन्दा किनमेल वा कुनै पनि मांगलिक कार्य गर्न पनि शुभ दिन रहनेछ ।

राज्ययोगको नामः

१. वरिष्ठ योग – मकर राशिमा सूर्य र मीन राशिमा चन्द्रमा हुँदा

२. गजकेसरी योग – वृहस्पती र चन्द्रमाबाट

३. शाश योग – मकर राशिमा शनि हुँदा

४. शुभकर्तरी योग – बुध, गुरु र शुक्रबाट मिलेर

५. विमल योग – वृहस्पतीका कारण

६. सुमुख योग – शनिको प्रभावले

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप