बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा तयारीः ३० वस्तुगत प्रश्नोत्तर

बुधबार, १५ माघ २०७६, १३ : १३
बुधबार, १५ माघ २०७६

१. प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि–२०७६ मन्त्रिपरिषद्बाट कहिले स्वीकृत भएको हो ?

- विक्रम संवत् २०७६ मङ्सिर २१ ।
–    सरकारले मुलुकमा अझै सडक सञ्जाल नपुगेका दुई सय ६८ स्थानीय तहका केन्द्रलाई चार वर्षभित्र राष्ट्रिय राजमार्गमा जोड्ने योजना बनाएको ।
–    राष्ट्रिय तथा प्रदेशस्तरीय सडक सञ्जालमा नजोडिएका स्थानीय तह (नगरपालिका र गाउँपालिका) लाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले आवेदन माग्न सुरु गरेको । यसका लागि विसं २०७६ पुस २१ देखि माघ २० सम्मको अवधि तोकिएको । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राप्त भएका आवेदनलाई १५ दिनभित्र सङ्घीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विभागको कार्यक्रम समन्वय इकाइमा पठाउनुपर्ने व्यवस्था गरिएको ।

२. नेपालको पहिलो कलेज ‘त्रि–चन्द्र कलेज’ को स्थापना कहिले भएको हो ? 
- विसं १९७५ ।
–    विसं १९७६ मा त्रि–चन्द्रमा आईए तथा आईएस्सी, विसं १९८१ मा बीए तथा विसं २००४ मा बीएस्सीको पठनपाठन सुरु भएको ।
–    विसं २०३० मा नयाँ शिक्षा लागू गरिएपश्चात् यसलाई त्रि–चन्द्र कलेजबाट त्रि–चन्द्र क्याम्पस नामकरण गरिएको । 

३. विसं २०७६ माघ ९ मा सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कति स्थानमा जित हासिल गरेको छ ?
-     १६ । 
–    कुल १८ पदका लागि भएको निर्वाचनमा नेकपासँग गठबन्धन गरेको राष्ट्रिय जनता पार्टी नेपालले दुई पदमा विजय प्राप्त गरेको ।
–    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका अन्य दलले कुनै प्रदेशमा विजय प्राप्त गर्न नसकेका ।
–    एक पदमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था भएकाले माघ ९ मा १८ पदका लागि मतदान भएको ।
–    निर्वाचित १८ र मनोनीत हुने एक गरी १९ सांसदको कार्यकाल २०७६ फागुन २१ बाट सुरु हुने ।
–    अब हरेक दुई÷दुई वर्षमा राष्ट्रियसभामा निर्वाचित र मनोनीत सबै सदस्यको पदावधि ६ वर्षको हुनेछ । एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलप्रथाद्वारा एकतिहाइको दुई वर्ष, अर्का एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षको हुनेगरी पदावधि कायम गरिएको थियो ।

४. नेपालमा पहिलोपल्ट कोरोना भाइरस फेलापरेको पुष्टि कहिले भएको हो ?
- विसं २०७६ माघ १० । 
(चीनको युहान प्रान्तबाट आएका नेपाली विद्यार्थी सो भाइरसबाट सङ्क्रमित भएका ।)

५. कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको आधारपत्रअनुसार पाँच वर्षमा कणालीका नागरिकको प्रतिव्यक्ति आय कति पु-याउने लक्ष्य रहेको छ ?
- एक हजार १४७ अमेरिकी डलर । 
–    विसं २०७६ माघ १० मा बसेको कर्णाली प्रदेश विकास परिषद्को बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुण्यप्रसाद रेग्मीद्वारा पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरिएको । 
–    आधारपत्रअनुसार गरिबीको रेखामुनि रहेको जनसङ्ख्यालाई २५ प्रतिशत (हाल ः ५१.२ प्रतिशत) मा झार्ने लक्ष्य लिइएको ।
–    हाल ५.७ प्रतिशतको आर्थिक वृद्धिदरलाई पाँच वर्षमा १५ प्रतिशत पु¥याइने ।
–    मावन विकास सूचकाङ्कलाई ०.४२७ बाट ०.५०७ पु¥याउने ।
–    ९० प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पु¥याउने ।
–    सडक पूर्वाधार तयार गरेर प्रदेशका सबै पालिका सडक सञ्जालमा जोड्ने ।
–    ८० प्रतिशत वडा केन्द्रमा यातायातको पहुँच पु¥याउने, 
–    नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणालीसँगै २५ हजार हेक्टरमा सिञ्चाइ सेवा उपलब्ध गराइ सिँचाइको पहुँच ४० प्रतिशत पु¥याउने ।
–    ९० प्रतिशत जनसङ्ख्यामा खानेपानीको सुविधा उपलब्ध गराउने ।
–    कर्णाली प्रदेशलाई डिजिटल प्रदेशका रूपमा विकास गर्ने ।
–    प्रदेशको युवा साक्षरता ९९ प्रतिशत, आधारभूत तहको भर्नादर ९९.५ प्रतिशत, हरेक जिल्लामा प्राविधिक शिक्षालय स्थापना गरिने ।
–    पाँच वर्षको यो कार्यक्रमका लागि झन्डै ५९३ अर्ब ७२ करोड रुपियाँ लगानी लाग्ने अनुमान गरिएको ।

६. तेक्वान्दोका तीनै विधा (गेरोगी, पुम्से र पारा) मा अन्तर्राष्ट्रिय निर्णायक बन्न सफल नेपाली को हुनुहुन्छ ?
- अशोक खड्का । 

७. कुसुन्डा भाषाकी वक्ता ज्ञानीमैयाँ कुसुन्डाको ८५ वर्षको उमेरमा कहिले निधन भयो ?
- विसं २०७६ माघ ११ । 
(बाल्यकाल जङ्गलमा बिताउनुभएकी ज्ञानीमैयाँले आमाबुवाबाट सिकेको कुसुन्डा भाषालाई अहिलेसम्म बँचाएर राख्नुभयो । अब कुसुन्डा भाषा बोल्न जान्ने उहाँकी बहिनी नाता पर्ने कमला कुसुन्डामात्रै जीवित हुनुहुन्छ । नेपालको जनगणना २०६८ अनुसार नेपालभर २७३ जना कुसुन्डा रहेको उल्लेख छ ।)

८. लामो समयदेखि द्वन्द्वको चपेटामा परेको सुडानमा सरकारी पक्ष र विपक्षी दल (सुडान पिपल्स लिबरेसन मुभमेन्ट (एसपीएलएम) बीच शान्ति सम्झौताको खाकामा कहिले हस्ताक्षर भएको हो ?
- सन् २०२० जनवरी २४ । 
–    सम्झौतामा सुरक्षा र शासन प्रणालीका विषय समावेश गरिएको ।
–    विपक्षी दल एसपीएलएम दक्षिणी क्षेत्रले ब्लु नाइल क्षेत्रमा सशस्त्र विद्रोहको नेतृत्व गरेको । सो समूह दक्षिण सुडानको सीमाक्षेत्रमा सन् २०११ देखि सक्रिय रहेको ।

९. सशस्त्र प्रहरी बलको स्थापना कहिले भएको हो ?
- विसं २०५७ माघ ९ ।
–    राज्यका चारवटा सुरक्षा निकायमध्ये एक अर्धसैनिक सुरक्षा सङ्गठन सशस्त्र प्रहरी बल देशमा आएको परिवर्तनसँगै गतिशील र बहुआयामिक सुरक्षा सङ्गठनका रूपमा क्रियाशील रहेको ।
–    स्थापनाकालमा १५ हजार जनशक्तिबाट सुरु भएको सशस्त्र प्रहरी बलमा हाल करिब ३७ हजार जनशक्ति रहेको । मुलुकभरका ७७ वटै जिल्लामा रहेको सशस्त्र प्रहरी बलका सात प्रदेशमा सात र उपत्यकामा एक गरी आठवटा बाहिनी रहेका ।

१०. एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?
- फुङलिङ नगरपालिका, ताप्लेजुङ । 
(ताप्लेजुङ जिल्लाको एकमात्र नगरपालिका फुङलिङले आगामी आर्थिक वर्ष (२०७७÷०७८) देखि कार्यान्वयनमा ल्याउनेगरी उक्त योजनाको तयारी थालेको ।)

११. एसियाको नोबल पुरस्कार भनी चिनिने रेमन म्यागासेसे पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
- सन् १९५८ । 
हाससम्म यो पुरस्कार प्राप्त गर्ने नेपाली
१. महेशचन्द्र रेग्मी सन् १९९७
२. भारतदत्त कोइराला सन् २००२
३. डा. सन्दुक रुइत सन् २००६
४. महावीर पुन सन् २००७
५. शक्ति समूह सन् २०१३

१२. नेपालले इन्टरपोलको सदस्यता कहिले प्राप्त गरेको हो ?
- सन् १९६७ सेप्टेम्बर २७ । 
–    सन् १९२३ सेप्टेम्बरमा स्थापित यो संस्थाको प्रधान कार्यालय फ्रान्सको लियोनमा रहेको ।
–    यसको आधिकारिक भाषा चारवटा– अङ्ग्रेजी, फ्रेन्च, स्पेनिस र अरेबिक रहेका ।
–    इन्टरपोलले आठप्रकारका ‘नोटिस’ जारी गर्छ ।
–    यसको सदस्य सङ्ख्या १९४ रहेको ।
–    हाल यसको अध्यक्षमा दक्षिण कोरियाका किम जोङ याङ रहेका ।

१३. एसडीजी गोल इन्डेक्स–२०१९ मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
- १०३औँ । 
–    एसडीजीमा निर्धारण गरिएका लक्ष्यहरूको प्रगतिका आधारमा तयार गरिने यसमा नेपाल ६३.९ अङ्कका साथ सो स्थानमा रहेको ।
–    सो सूचीको पहिलो पाँच स्थानमा क्रमशः डेनमार्क, स्वीडेन, फिनल्यान्ड, फ्रान्स र अस्ट्रिया रहेका ।
–    त्यस्तै, सूचीको अन्तिम स्थानमा सेन्ट्रल अफ्रिकन रिपब्लिक, चाड, डोमिनिकन रिपब्लिक, कङ्गो र नाइजेरिया रहेका । 
–    अध्ययनमा १२६ देश समेटिएको ।

१४. विश्व बैङ्कद्वारा सन् २०१९ अगस्टमा सार्वजनिक प्रतिवेदनअनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा रेमिटेन्स भित्र्याउने मुलुकमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
- चौथो । 
–    नेपालमा सन् २०१८ मा जीडीपीको अनुपातमा ३०.१ प्रतिशत रेमिटेन्स भित्रिएको ।
–    यस सूचीमा पहिलो स्थानमा टोंगो रहेको ।
–    रकमका आधारमा सबैभन्दा धेरै रेमिटेन्स भिœयाउने शीर्ष तीन राष्ट्रमा भारत, चीन र फिलिपिन्स रहेका ।

१५. बीपी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
- जापान । 
–    बनेपा–बर्दिवाससम्मको यो सडक १६० किलोमटर लामो रहेको ।
–    विसं २०५२÷५३ देखि निर्माण सुरु भई २०७१ मा सम्पन्न भएको यो सडक २०७२ असार १८ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको ।

१६. ‘प्रहरी मेरो साथी’ नामक अभियान कहिले सुरु भएको हो ?
- विसं २०७३ असार २७ । 

 १७. नेपाल प्रहरीद्वारा मुस्कानसहितको सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
- विसं २०७१ जेठ ८ । 

१८. नेपाल सरकारद्वारा कूटनीतिक आचारसंहिता कहिले जारी गरिएको हो ?
- विसं २०६८ भदौ १ । 

१९. सरकारी कामकाजमा डिजिटल हस्ताक्षरको सुरुवात कहिलेदेखि भएको हो ?
- विसं २०७२ मङ्सिर १६ । 

२०. विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ नेपाल सरकारद्वारा ‘अतिथि देवो भव’ अभियानको घोषणा कहिले गरिएको हो ?
- विसं २०७३ जेठ ४ । 

२१. भैरहवामा निर्मित मुलुककै पहिलो विशेष आर्थिक क्षेत्रको उद्घाटन कहिले भएको हो ?
- विसं २०७१ मङ्सिर २ । 
–    यो विशेष आर्थिक क्षेत्रमा शक्ति मिनरलले विसं २०७६ वैशाख ३१ मा उत्पादन सुरुवात गरेको ।
–    यो उत्पादन थालनीसँगै सेज सञ्चालनमा आएको ।

२२. जिल्ला समन्वय समिति बढीमा कति सदस्यीय हुने व्यवस्था छ ?
- नौ । 

२३. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?
- नेपालगन्ज, बाँके । 
–    जनसङ्ख्याका आधारमा सबैभन्दा ठूलो उपमहानगरपालिका ः जनकपुर ।
–    सबैभन्दा बढी वडा सङ्ख्या भएको उपमहानगरपालिका ः कलैया (बारा, २७ वडा) ।

२४. राष्ट्रिय सुरक्षा परिषद््को अध्यक्ष को हुने व्यवस्था छ ?
- प्रधानमन्त्री । 

२५.    “कुराकानी प्रिय होस्, बनावटी नहोस्, स्वच्छन्द होस् तर अश्लील नहोस्, विद्वतापूर्ण होस् तर दम्भयुक्त नहोस्, अनौठो होस् तर असत्य नहोस्” भन्ने विद्वान् को हुनुहुन्छ ?
-    विलियम सेक्सपियर

२६. लामो बहसपश्चात् बेलायतको संसद्ले युरोपेली सङ्घबाट अलग हुन ल्याइएको ब्रेक्जिट विधेयक कहिले पारित गरेको हो ?
- सन् २०२० जनवरी २३ । 
–    सन् १९७३ मा युरोपेली सङ्घमा समावेश भएको बेलायत सो सङ्घबाट बाहिरिने (सन् २०२० जनवरी ३१)
 पहिलो मुलुक बन्ने भएको ।
–    सन् २०१६ जुन २३ को जनमतसङ्ग्रहमा ५२ प्रतिशतले युरोपेली सङ्घबाट बेलायत बाहिरिनुपर्ने पक्षमा निर्णायक मतदान गरेका ।

२७. अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले प्लुटो ग्रहको एउटा पर्वतको नाम कुन नेपाली आरोहीको नामबाट राखेको छ ?
- तेन्जिङ नोर्गे । 
(नासाले प्लुटो ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नामबाट ‘नोर्गे मोन्टेस’ राखेको ।)

२८. नेपालसँग द्विपक्षीय हवाईसेवा सम्झौता भएका राष्ट्रको सङ्ख्या कति पुगेको छ ?
- ४० । 
–    ४०औँ राष्ट्र अस्ट्रेलिया (सन् २०१९ सेप्टेम्बर ३०) रहेको ।
–    नेपालसँग पहिलो हवाई सम्झौता भारतसँग भएको ।

२९. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?
- डग स्टार । 

३०. नेपालमा कृषि गणनाको सुरुवात कहिलेदेखि भएको हो ?
- विसं २०१८ (हरेक १०÷१० वर्षमा हुने)
-गोरखापत्रबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप