धनुषामा सडक दुर्घटना, २ जनाको मृत्यु
धनुषा । धनुषामा आज भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार बोलेरो र मोटरसाइकल ठोक्किँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका—६ गोदार सडकखण्डमा भएको उक्त दुर्घटनामा सोही वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिलाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकमा सवार साहका नौ वर्षीय छोरा जोन सामान्य घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । पूर्वपश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नंको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स१च १८५८ नंको बोलेरो ठोक्किँदा तिनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जनाए ।
दुवैको शव जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण