बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

श्री पञ्चमीमा सानिमा बैंकको डिजिटल सौगात

बुधबार, १५ माघ २०७६, १९ : १८
बुधबार, १५ माघ २०७६

काठमाडौं– सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । 

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । 

साथै ग्राहकहरुले दुबै सुविधा एकैसाथ उपभोग गर्दा रु १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउनु हुनेछ । 

यस योजना माघ १६ र माघ १७ का लागि लागू गरिएको छ । यो योजना विद्यार्थीवर्गलाई मात्र लक्षित हुनेछ र सुविधा लिन आउँदा ग्राहकले विद्यार्थी परिचय पत्र पेश गर्नुपर्नेछ । यो योजनाका लागि नाबालकको हकमा भने प्रचलित निर्देशन अनुसार गर्न सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप