शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा ब्रिजस्टोन टायरको बिक्री सुरु

बुधबार, १५ माघ २०७६, १९ : २६
बुधबार, १५ माघ २०७६

काठमाडौं– विश्वकै नं. १ जापानी रबर कम्पनिद्वारा उत्पादित ब्रिजस्टोन टायरको अधिकृत वितरक एटीसीले ज्ञानेश्वरमा ब्रिजस्टोन बिक्री तथा सेवा केन्द्रको औपचारिक रुपमा सेवा शुभारम्भ गरेको छ । 

यहाँ एकै छानामुनि टायर सम्बन्धी विश्वस्तरीय सेवाहरू उपलब्ध छन् । डिजिटल टायर हेल्थ परिक्षण, दुई चरणमा ह्वील अलाइन्मेन्ट, अन्तराष्ट्रिय स्तरको सिजर लिफ्ट, ह्वील सन्तुलन, नाइट्रोजन हावा भर्ने, टायर परिवर्तन, फिटिङ्ग तथा रोटेशन जस्ता सेवा सुविधाहरु यस केन्द्रमा उपलब्ध छन् ।

केन्द्रले आउँदा दिनहरुमा गाडिको ब्याट्री परिवर्तन, एसीमा ग्यास भर्ने सेवाहरु प्नि दिनेछ । कम्पनिले निकट भविष्यमै देशका विभिन्न ठाउँहरुमा यस्ता किसिमका विक्री तथा सेवा केन्द्रहरु आवश्यकता अनुरुप विस्तार गर्दै लैजाने छ ।
एटीसी वि.सं. २०१६ देखि नै ब्रिजस्टोन टायरको  नेपालको लागि आधिकारीक वितरकको रुपमा रही निरन्तर ग्राहकमूखी सेवा दिंदै आएको कम्पनि हो । नेपालभर रहेका आफ्नो बिक्री  वितरण सञ्जाल मार्फत अर्थमुभर्स, ट्रक तथा बस, एसयुभी र अन्य यात्रु कार हरुको टायर बिक्री गर्दै नेपाली बजारमा एक छुट्टै पहिचान बनाउन सफल भएको छ । 

ब्रिजेस्टोन सन् १९३१ मा जापानको टोकियोमा यसको कर्पोरेट कार्यालयको साथ स्थापित भएको थियो । यो ब्राण्ड टायर बिक्री र ग्राहक ब्राण्ड भ्यालु आधारमा वर्ल्ड रबरद्वारा विश्वमा नम्बर १ घोषणा गरिएको ब्राण्ड हो । कम्पनीले विश्वभर १५० भन्दा बढी देशहरुमा ५७ टायर निर्माण संयन्त्रद्वारा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

कार्यक्रममा कम्पनीका प्रबन्धक निर्देशक मनोज सेठियाले नेपालको सडकहरुको अवस्थालाई ध्यानमा राख्दै, गाडी चालकहरुले गाडीको समग्र पर्फर्मेन्समा टायरको भुमिका र महत्वको धरै हुने कुरा बुझ्न आवश्यक रहेको बताए । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको टायर बिक्री तथा सेवाहरु एकै छाना मुनि उपलब्ध भएको सेवा केन्द्रबाट गाडी धनि तथा चालकहरुले सेवा सुविभा लिई समय र पैसाको बचत गरी लाभ उठाउन सम्पुर्ण उपभोक्ताहरुकमा अनु्रोध गरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप