शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ए डिभिजन लिग–सङ्कटामाथि मनाङको जित

बुधबार, १५ माघ २०७६, १९ : ४७
बुधबार, १५ माघ २०७६

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मनाङ–मस्र्याङ्दी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा मनाङले सङ्कटालाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

मनाङले खेलको ४२औँ मिनेटमा सङ्कटाका खेलाडी अमित तामाङको आत्मघाती गोलबाट शुरुआती अग्रता बनायो । 

अञ्जन विष्टको हेड बल क्लियर गर्ने क्रममा अमितले आफ्नै पोस्टमा गोल गर्दै मनाङलाई पहिलो अग्रता दिलाएका थिए । अमितले गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै मनाङका अञ्जन विष्टले एक गोल थपे ।

उनले खेलको ४३औँ मिनेटमा गोल गरेका थिए । त्यसैगरी मनाङका अर्का खेलाडी निशान लिम्बूले खेलको ७१आँै मिनेटमा गोल गर्दै मनाङलाई ३–० को सहज जित दिलाए । खेलमा मनाङका अञ्जन विष्ट म्यान अफ द म्याच घोषित भए ।    

लिगमा नवौँ खेल खेलेको मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । मनाङले जारी लिगमा १९ अङ्क जोड्दै अङ्क तालिको तेस्रो स्थानमा । त्यस्तै समान नवौँ खेल खेलेको सङ्कटाको १२ अङ्क रहेको छ । सङ्कटा अङ्क तालिकाको आठौँ स्थानमा छ । 

बिहीबारको पहिलो खेलमा फ्रेण्डस क्लब र च्यासल युथ क्लबवीच हुनेछ भने दोस्रो खेल न्यूरोड टिम (एनआरटी)ले बिग्रेड ब्वाइज क्लबको सामना गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप