जुत्ता हान्नेलाई जब मार्टिन लुथर किङ्गले यसो भने
मार्टिन लुटर किङ्ग अश्वेतहरुका अधिकारका लागि लड्ने महान् व्यक्ति हुन् । रंगभेदका विरुद्ध उनले अहिंस्रक आन्दोलन सञ्चालन गरे र सोही आन्दोलनको बलमा अश्वेतहरुका पक्षमा थुप्रै अधिकारहरु हासिल गरेर छाडे ।
अश्वेत आन्दोलनका लागि लड्ने तिनै महान नेता मार्टिन लुथर किंग एक पटक सार्वजनिक सभामा भाषण दिइरहेका थिए । त्यही बेला रंगभेदका समर्थक एक जना उदण्ड मानिसले मञ्चमा एउटा जुत्ता फ्याँक्यो । त्यो जुत्ताले झण्डै उनलाई नै लाग्यो । त्यो देखेर सभामा खैलाबैला मच्चियो । मार्टिनका आक्रोशित समर्थकहरुले त्यो जुत्ता फ्याँक्ने मानिसलाई खोज्न थाले ।
तर लुथरले आफ्ना समर्थकहरुलई सम्झाउँदै भने– “धन्य रहेछ यो देश, जहाँका निवासीले आफ्ना शुभेच्छुकलाई यतिसम्म माया गर्छन् । वास्तवमा यो जुत्ता उनले मलाई हिर्काएका होइनन्, पैदल हिँड्दा गाह्रो हुन्छ भनेर ती उदारमन भएका व्यक्तिले मलाई सहयोग गरेका हुन् । तर जुत्ता एउटा मात्रै भयो । कृपया अर्को जुत्ता पनि दिनुभए म आभारी हुने थिएँ ।”
आफूलाई जुत्ता हान्ने मानिसप्रति कत्ति पनि रिसराग नराखी मार्टिनले स्थितिलाई सम्हाले । उनको यो महानता देखेर सभामा उपस्थिति सबै नतमस्तक भए । सबैले मार्टिनको जयजयकार गरे ।
Photo: https://media.graytvinc.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीको अभिनय : वान टेकमा ओके
-
राष्ट्रपति र कतारका राजाबिच आपसी सम्बन्ध मजबुत बनाउनेबारे छलफल
-
कतारी राजाको सवारी रुट खाली, तस्बिरहरू
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन