बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रियल म्याड्रिड क्वार्टरफाइनलमा

बिहीबार, १६ माघ २०७६, ०८ : ५७
बिहीबार, १६ माघ २०७६

रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्पार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार  राति भएको खेलमा रियल म्याड्रिडले रियल जारागोजालाई उसैको मैदानमा ४–० गोलले हरायो । एकपक्षीय खेलमा रियलले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो ।

राफेल भरानेले छैटौं मिनेटमा गोलगर्दै रियललाई अग्रता दिलाए । उनले टोनी क्रुसको पासमा गोल गरेका थिए । लुकास भाजक्वीजले ३२औं मिनेटमा दोस्रो गोल गरे । ७२औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई जितको नजिक पुर्याए । ८०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई सजिलै जिताएका थिए । करिमले ड्यानी कार्भाजलको पासमा गोल गरेका थिए ।

अन्य खेलमा रियल सोसिएडाडले ओसासुनालाई ३–१, ग्रानाडाले सिडी बाडाजोजलाई ३–२, भिल्लारियलले रायोभालेकानोलाई २–० र भ्यालेन्सियाले लियोनेसालाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप