बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बोराले च्यापिएर एकै परिवारका चार भारतीय नागरिकको मृत्यु

बिहीबार, १६ माघ २०७६, १३ : ०३
बिहीबार, १६ माघ २०७६

बुटवल । रुपन्देहीमा बोराले च्यापिएर चार जनाको मृत्यु भएको छ ।

बोराको थुप्रोले च्यापिएर भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक केशव ज्ञवाली रातोपाटीलाई जनाकारी दिए ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामन्डीमा आफैले सङ्कलन गरेर राखेको बोरा खसेर च्यापेको मृत्यु भएको हो ।

कोठा भाडा लिएर उनीहरुले लामो समयदेखि सद्धवले पुराना बोरा सङ्लकन गर्ने र नयाँ बनाए बिक्री गर्ने काम गर्दथे । बोराले थिच्दा उनीहरुको निस्सास्सिएर मृत्यु भएको आशङ्का गरिएको प्रहरीले जनाएको छ । उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप