शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सैफले करीनाको तारिफ गर्दै भने, ‘बेबोलाई पाएर निकै भाग्यमानी ठान्छु’

शुक्रबार, १७ माघ २०७६, १२ : ०५
शुक्रबार, १७ माघ २०७६

बलिउड अभिनेता सैफ अली खानले पछिल्लो समय निकै व्यस्त रहेका छन् । उनी व्यस्त मात्रै छैनन् चर्चामा पनि उत्तिकै आइरहेका छन् । ‘तानाजी’ फिल्मको सफलतापछि  सैफ झनै चर्चामा आएका छन् । 

यसैक्रममा विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका सैफले करीनासँगको सम्बन्धको विषयमा खुलेर कुराकानी गरेका छन् । 

सैफले करीनालाई पाएकोमा आफूलाई निकै भाग्यमानी ठान्छन् । उनले करीनाले काम र साथीलाई सधै अलग राखेर व्यवहार गर्ने बताएका छन् । चाहे खाना बनाउन होस्, घरमा साथीहरुसँग मस्ती गर्न, कुनै पनि देशमा कटेज रेन्ट गर्नको लागि जे कुराको लागि पनि करीना निकै सिपालु भएको बताएका छन् । 

सैफले करीना र आफूबीच थुप्रै समानताहरु भएको पनि खुलाएका छन् । उनले करीना निकै समझदार भएकाले पनि उनीसँग जीवन बिताउन सहज भएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप