मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जातीय विभदेमाथिको व्यङ्ग्य ‘झिम्के मामा’

शुक्रबार, १७ माघ २०७६, १२ : ३४
शुक्रबार, १७ माघ २०७६

काठमाडौँ । राजधानीको अनामनगर स्थित मण्डला थिएटरमा नाटक ‘झिम्के मामा’ मञ्चन भइरहेको छ । जातीय विभदेमाथि व्यङ्ग्य गरिएको नाटक चरित्र प्रधान नाटक पनि हो ।

नाटकमा चरित्रहरुको माध्यमबाट एउटा समाजको यर्थात चित्रण गर्न खोजिएको छ । ‘झिम्के मामा’को सुरुवात एउटा काल्पनिक गाउँ देउरालीबाट हुन्छ ।

झिम्के पराइ गाउँबाट आएर केही बर्षदेखि देउरालीमा बस्दै आएको छ । त्यहाँ बस्दा झिम्केले देउरालीको मुहार फेर्छ । बिकाश निर्माणका कामबाट गाउँकै परिचय बदिलिन्छ । जब झिम्केको यर्थाथ खुल्छ । सबैको प्रिय पत्र मानिएको झिम्के सबैको नजरमा छिछि दुर्दुरको पात्र बन्छ । सयौँका मलामी गएका झिल्केले अन्तत आफु मर्दा तीन दिनसम्म लास उठाउने मलामी पाउँदैन ।

समग्रमा भन्नुपर्दा नाटक झिम्के कर्मले जितेर जन्मले हारेको पात्रको कथा हो । परम्परा र अन्धविश्वासको चपेटामा पिसियको एउटा पात्रको जीवन हो । 

नाटकले नेपाली समाजमा रहेको जातीय विभेदमाथि व्यङ्ग्य गरेको छ । झिम्केले नेपाली समाजमा दलित भएको कारण पिल्सिनु परेका युवाको प्रतिनिधित्व गरेका छन् ।

दलित समुदायका सिर्जनालाई माया गरेपनि घृणाको दृष्टिले हेर्ने नेपाली समाजको सोच र परम्परा नाटकले जस्ताको तस्तै देखाएको छ ।

गत माघ ४ देखि नियमित मञ्चन भइरहेको  नाटकलाई दुर्गाप्रसाद पाण्डेले लेखेका हुन् । प्रदीपकुमार चौधरीको निर्देशन रहेको नाटकमा अंकित खड्का, अनुप न्यौपाने, संयोग गुरागाईं, सागर कामी खाती, रिता श्रेष्ठ, युनिस श्रेष्ठ, काव्य बराल, सुशिल पाण्डे, विकास पन्त, महन थापा र उषाकिरण काफ्ले लगायतका कलाकारले अभिनय गरिरहेका छन् ।

आगामी माघ २६ सम्म मञ्चन हुने नाटकमा नेपाली समाजमा रहेको जातीय विभेदलाई गहिरिएर देखाउन खोजिएको निर्देशक चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप