शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री उपस्थित हुन नसक्ने भएपछि प्रदेशसभाको बैठक स्थगित

शुक्रबार, १७ माघ २०७६, १७ : १४
शुक्रबार, १७ माघ २०७६

कैलाली  । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । शुक्रबार बस्ने भनिएको बैठक आइतबार दिउ“सो १ बजे सम्मको लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह उपस्थित हुन नसक्ने अवस्था आएपछि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

शुक्रवार ‘सुदूरपश्चिम प्रदेशमा रेडियो, एफएम र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको  विधेयक २०७६’ लाई विषयग समितिमा लैजाने कार्यसूची रहेको थियो । ‘उक्त विधेयकलाई आन्तरिक मामिला तथा कानुनमन्त्री ज्यूले विधायन तथा प्रदेश मामिला समितिमा पठाउने कार्यसूची रहेको थियो’ धामीले भने, ‘उहा“ नभएपछि बैठक स्थगित गरिएको थियो ।’

उक्त विधेयमा प्रमुख प्रतिपक्षी दलले पनि संशोधन प्रस्ताव दर्ता गराइएको छ । महत्वपूर्ण विषयमा छलफल चलिरहेका बेला मन्त्री नहुनु उपयुक्त नरहेको प्रमुख प्रतिपक्षी दल नेपाली का“ग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले बताए ।

‘यस्तो महत्वपूर्ण विषयमा मन्त्रीहरू नहुनु ठिक होइन,’ उनले भने, ‘सरकारले सदनलाई महत्व दिइरहेको छैन ।’ मन्त्री साह नेकपाको केन्द्रीय समितिको बैठकमा सहभागी हुन काठमाडौ“ रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि पनि ‘रेडियो एफएम र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको  विधेयक २०७६’ माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ मन्त्री साह नहु“दा भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले दिएका थिए ।

कानुनमन्त्री मात्रै होइन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पनि उपस्थित नहु“दा बुधवारको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले उद्योग पर्यटन वन तथा वातावरणका दुई वटा विधेयकहरू प्रदेशसभामा टेबल गरेका थिए ।

वनमन्त्री भट्ट नहु“दा ‘निजी व्यवसाय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७६’ र ‘साझेदारी व्यवसाय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७६’ सामाजिक विकास मन्त्री सुवेदीले टेबल गरेका हुन् ।

मन्त्री सुवेदीले विधेयक मात्रै टेबल गरेनन्, विधेयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । सम्बन्धित मन्त्री नहुँदा अन्य मन्त्रीले जवाफ दिनु उपयुक्त नरहेको प्रतिपक्षी दलको ठहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप