शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब टुँडिखेल बृहत बन्ने, सरकारले अघि सार्‍यो यस्तो योजना

शनिबार, १८ माघ २०७६, ०७ : ४८
शनिबार, १८ माघ २०७६

काठमाडौंको मुख्य भागमा अवस्थित टुँडिखेलको संरक्षण र विकासका लागि सरकारले ‘बृहत्तर टुँडिखेल गुरुयोजना’ अघि सारेको छ ।  

सरकारको अहिलेको योजनाअनुसार काम भएमा अहिलेको टुँडिखेल क्षेत्र बृहत् हराभरा र अन्तर्राष्ट्रियस्तरमा नै चिनाउन लायक बन्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको रानीपोखरी, टुँडिखेल, रंगशालालगायत क्षेत्रलाई समेटेर बृहत् गुरुयोजनाको कार्य अघि सारेको हो । 

प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले रानीपोखरी, रत्नपार्क, खुल्लामञ्च, टुँडिखेल, शहीदगेट, दशरथ रंगशाला, भृकुटी मण्डपलगायत भागलाई समावेश गरी बृहत् गुरुयोजना बनाइरहेको जानकारी दिए । ‘यसबारेमा सम्बन्धित पक्षसँग परामर्श जारी छ, सबै पक्षबीच सहमति जुटेपछि यसलाई अन्तिम रूप दिनेछौं’, उनले भने । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप