बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

किन बिहे गर्दैनन् सलमान खान, खोले यस्तो राज

शनिबार, १८ माघ २०७६, १० : ३४
शनिबार, १८ माघ २०७६

बलिउड सुपरस्टार सलमान खान फिल्मको बारेमा त सबैलाई चासो हुन्छ नै । उनको व्यक्तिगत जीवनको बारेमा पनि धेरैले चासो देखाइरहेका हुन्छन् ।

उनको विवाहको सन्दर्भमा थुप्रैपटक विभिन्न कार्यक्रमहरुमा सवाल उठ्ने गर्छन् तर सलमान विवाहको विषयमा आलटाल गरे उम्किन्छन् । 

तर, उनले एक अन्तरवार्तामा विवाहको विषयमा खुलेर कुराकानी गरेका छन् । उनले विवाहप्रति विश्वास नभएको बताउँदै भने, ‘मलाई अब विवाहप्रति विश्वास लाग्दैन । मलाई विवाह एउटा संस्था जस्तै भइसकेको छ । अब यो विस्तारै विस्तारै गायब हुनसक्छ ।  तर, आज पनि साथीभाई, आफन्त र दाजुभाइ नै हाम्रो दुखसुखमा साथ दिन्छन् ।’

उनले छोराछोरीको विषयमा कुरा गर्दै भने, ‘जब हुने हो हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप