बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस अपडेट : मर्नेको संख्या २५९, लगभग १२ हजार संक्रमित

शनिबार, १८ माघ २०७६, ११ : २३
शनिबार, १८ माघ २०७६

कोरोनाभाइरस संक्रमणका कारण मर्नेको संख्या २५९ पुगेको छ भने यो प्रकोपबाट ११,७९० संक्रमित बनेका छन् । 

मर्ने २५९ व्यक्ति सबै चीनका हुन् तर कोरोनाभाइरसको संक्रमण अहिलेसम्म विश्वका २१ देशमा पुगिसकेको छ । 

शुक्रबार संक्रमणको विस्तारको स्थितिलाई ख्याल गरेर विश्व स्वास्थ्य संगठनले स्वास्थ संकटकाल नै घोषणा ग¥यो । 

कोरोनाभाइरस एक पछि अर्को नयाँ देशमा देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले उक्त कदम चालेको हो ।

उता अमेरिकी प्रशासनले समेत कोरोनाभाइरस प्रकोपसम्बन्धमा जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ । यस घोषणा अन्तर्गत अमेरिकाले भर्खरै चीन भ्रमण गरेका विदेशी नागरिकलाई अस्थायी कालको लागि भिषा नदिने घोषणा गरेको छ ।

चीनले अमेरिकी कदमबाट आफूहरु दुःखी बनाएको प्रतिक्रिया दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप