कविताःलोग्नेस्वास्नी अपरिचित
-ई. राकेश कार्की
देश जति ठूलो हुन्छ
त्यति धेरै मानिसको हुल हुन्छ
त्यही मानिसहरुको भिडमा
हरेक एक एक मानिसले
आफूलाई एक्लो महसुस गरिरहेको हुन्छ ।
त्यही ठूलो देशमा
यस्तो प्रणाली हुन्छ कि
त्यो प्रणालीले
परिवार परिवारलाई टुक्र्याइरहेको हुन्छ
परिवारबाट एउटा एउटा व्यक्तिमा
हामी हाम्रो हामी सबैको लागि बाट
म मेरो मेरो निम्ति मात्रमा
त्यसैले त कलेज युनिभर्सिटी पढ्न
हुर्केका छोराछोरी हिँड्छन्
बाबुआमाबाट टाढा टाढा
अन्त कतै आफू मात्र भएर हाँस्न
आफू मात्र भएर बाँच्न
बाबु आमाको मायाको घेरा पार गरेर
ढुङ्गामुडा माथि मन गए जस्तो
अनेक चिट्ठी आउँछ् कम्पनीको
फोन आउँछन्
फकाउछन्
अलग गरिदिन परिवारको सदस्यलाई
इन्सुरेन्स अलग
ब्याङ्क एकाउन्ट अलग
बिजुली पानीको बिल अलग
सेल फोनको बेग्ला बेग्लै एकाउन्ट
समाज, साथीभाइ, नातागोता र परिवार
सबैबाट अलग्गिएर
एक्लै एक्लै
आफ्नो सेलफोनको सानो परिधिभित्र
औँला, आँखा र मनलाई सीमित पारेर
आफू मात्रै जिइरहेको अनौठो संसार
एउटै घरमा बसेका लोग्नेस्वास्नी पनि
अपरिचित जस्तो
होटेलमा खाएको बिल अलग
किनमेलको तिरोको रिसिट अलग
क्रेडिटकार्ड अलग अलग
टेलिभिजनको च्यानल अलग
यस्तो कि सबै चिजबिज
आफ्नो आफ्नो पेवा मात्र
पैसाले नै अलग गरिदिएको
तेरो र मेरो पारिदिएको
वृद्ध आमाबुबा पनि
पैसा तिर्न सकुन्जेल सिनियर होममा
पैसा सकिनासाथ फुटपाथमा
आफ्ना छोराछोरी नाति नातिनीलाई सम्झिँदै
उनीहरूको बाल्यापनसँग रमाउँदै
एक एक पल उनीहरुकै मायालाई मुटुमा गाँठो पारेर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी