मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले ल्याएका विधेयक लोकतन्त्रका लागि खतरा : प्रवक्ता शर्मा

शनिबार, १८ माघ २०७६, २२ : २०
शनिबार, १८ माघ २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र विधिमात्रै नभएर संस्कृति पनि भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा लोकतन्त्रमाथि चुनौती र अगाडीको बाटो’ विषयक अन्तक्र्रियामा कार्यक्रममा प्रवक्ता शर्माले लोकतन्त्र विधि अनुसार चल्नुपर्ने बताए । 

सरकारले पछिल्लो समय अगाडि सारेका विधेयकले लोकतन्त्र नै खतरामा परेको बताउँदै शर्माले भने, ‘मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, गुठी विधेयक जसरी सरकारले ल्याएको छ । त्यसले लोकतन्त्रमा खतरा छ । बुढीगण्डकी नेपालले नै बनाउने भनेर डिजेल, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले लिने तर चिनियाँ गेजुवा कम्पनीलाई दिने ? यस्तो अपारदर्शीताले खतरा छ ।’

शर्माले संविधानको दायरा बढाउन गम्भीरता देखाउनुपर्ने र नभए लोकतन्त्रलाई नै त्यसले खतरा गर्ने बताए । उनले युवाहरुर्लाइ व्यवसायिक बन्न पनि आग्रह गरे ।

अर्थविद डा. स्वर्णीम वाग्लेले लोकतन्त्रलाई उन्नत बनाउन सांसदहरु मन्त्री बन्न नपाउने व्यवस्था लागु गर्दै जानुपर्ने बताए ।

चुनाव महंगो हुँदै गएकाले भ्रष्टाचार बढेको, सत्तामा आएपछि कार्यकर्ता पोस्ने प्रवृति हावी भएकाले लोकतन्त्रमा खतरा रहेको उनले बताए ।

यस्तै कार्यक्रममा पत्रकार बबिता शर्मा लगायतले आफ्नो धारणा राखेका थिइन् । सहभागिहरुसँग अन्तरक्रिया समेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप