शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साहित्यले सकारात्मकता आत्मसात् गर्नुपर्छः नेता पौडेल

शनिबार, १८ माघ २०७६, २० : ४४
शनिबार, १८ माघ २०७६

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साहित्यले समाजको मूल्य र मान्यतालाई बचाइराख्न सहयोग पु-याउने बताएका छन् । 

सर्वज्ञ वाग्लेद्वारा लिखित उपन्यास ‘पुनर्वास’को आज लोकार्पण गर्दै उनले  समाज नकारात्मकतातर्फ अग्रसर बन्दै गएको हुँदा साहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताए । 

 “मुलुकमा ठूलो परिवर्तन आए पनि नागरिकमा नैराश्यता बढ्दै जानु दुःखद् पक्ष हो”, वरिष्ठ नेता पौडेलले भने, “नागरिकका पक्षमा सरकार गम्भीर बन्नु आवश्यक छ ।” 

कार्यक्रममा राष्ट्रियसभा सदस्य इन्दु कँडरियाले उपन्यासले देशभक्त भावना जागृत गरेको चर्चा गरिन् । 

 साहित्यकार कृष्ण धारावासीले  भूमि अतिक्रमणको विषयलाई जोडदाररुपले उपन्यासले उतार्ने कार्य गरेको टिप्पणी गरे । 

लेखक वाग्लेले उपन्यासले समाजको यथार्थ चित्रण गरेको बताए ।  समारोहमा साहित्यकार बद्री पाण्डे, महेश क्षितिज, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले पुस्तकमाथि समीक्षा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप