शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा सर्लाहीमा तीन जनाको मृत्यु

आइतबार, १९ माघ २०७६, ०९ : ४६
आइतबार, १९ माघ २०७६

सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु र  एक घाइते भएका छन् ।

बरहथवा नगरपालिकाको हिरापुरबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गरेको बिआर३०एच ६७९८ नंको मोटरसाइकललाई गोडैता नगरपालिका–७ मोहनचोकस्थित नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मलङ्गवा–२ निवासी २० वर्षीय उपेन्द्र साह सोनारको घटनास्थलमै मृत्यु भएको छ । 

सोही मोटरसाइकलको पछाडि बस्ने मलङ्गवा–२ का २० वर्षीय राजेन्द्र यादवको जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको  प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।

गएराति मोटरसाइकललाई चारपाङ्ग्रे गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीको अनुमान छ । ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच सर्लाहीको लालबन्दी नगरपालिका–१६ भोर्लेनीस्थित रानीगञ्ज परवानीपुर भित्री सडकखण्डमा ना१९प २१६० नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक वृद्ध महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही नगरपालिका–१६ निवासीे ७० वर्षीया जोककुमारी थापा भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ठक्करबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लालबन्दीको हेल्थ केयर प्रालिमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप