शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्कृष्ट तीन ‘कमेडी च्याम्पियन’सहित मनोज गजुरेल सिड्नी आउँदै

आइतबार, १९ माघ २०७६, १० : २५
आइतबार, १९ माघ २०७६

सीता रसाइली

अस्ट्रेलिया । टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनका उत्कृष्ट तीन विजेताहरु सहित हास्य कलाकार मनोज गजुरेल  सिड्नी आउने भएका छन् ।

अस्ट्रेलियाको सिड्नीस्थित वाइट पार्कमा आगामी  एप्रिल ११ शनिबारका दिन  रेष्ट रियल स्टेट को मुख्य प्रायोजन र ह्याप्पी इन्टरटेनमन्टको आयोजनामा उत्कृष्ट तीन विजेतासहित उक्त सो का निर्णयक मनोज गजुरेल सिड्नी आउन लागेका हुन् ।

शनिबार एक पत्रकार सम्मेलन गर्दै आयोजकले नयाँ वर्षको अवसर पारेर  कमेडी च्याम्पियनको वर्ल्ड टुरको लागि सिड्नी ल्याउन लागेको जानकारी गराएको छ । आयोजक का अनुसार डेस्टिनेशन फाउन्डेशन एन्ड भिसा सर्भिसेसले  एक वर्षसम्मको लागि उक्त मौलिक कमेडी च्याम्पियनको वर्लड टुरको  सर्वाधिकार प्राप्त गरेको  जनाएको छ जस अनुसार संसारभरिका कार्यक्रम आयोजकहरुले डेस्टिनेशन फाउन्डेशन एन्ड भिसा सर्भिसेससँग अनुमति लिएर  सहकार्य गर्नुपर्ने हप्पी इन्टरटेन्मेन्ट  संस्थाका व्यवस्थापक सन्तोष आचार्यले दिएका छन् ।  डेस्टिनेशन फाउन्डेशन एन्ड भिसा सर्भिसेसका सञ्योजक उद्धब पोखरेलले कार्यक्रमबारे प्रष्ट पार्दै   कमेडी च्याम्पियन कार्यक्रमबाट सन्कलन भएको मुनाफाको केही हिस्सा डा. महाबिर पुनको  हिस्सा राष्ट्रिय आविस्कार केन्द्रलाई दिने बताए ।        

कमेडी च्याम्पियनसहितको कार्यक्रममा  सिड्नीका स्थानिय कलाकारहरुको  पनि साँस्कृतिक  प्रस्तुति  रहने छ ।

कमेडी च्याम्पियन कलाकारहरुबाट नेपाल भ्रमण वर्ष २०२० को  प्रचार प्रसारको लागि  बातावरण मिलाउन आयोजकले  पहल गर्नु पर्ने एनआरएन ए भिजिट  नेपाल २०२० अभियानका ओशिनिया संयोजक दिनेश पोखरेलले पत्रकार सम्मेलनमा आग्रह गरेका थिए ।

पत्रकार हेमन्त काफ्लेले अस्ट्रेलियामा कलाकार ल्याउने बहानामा मानवतस्करी बढ्दो क्रममा देखिएकोले आयोजक त्यसतर्फ सजक हुनुपर्ने सुझाएका थिए । त्यसैगरि  गरी पत्रकार मनऋषि धितालले स्थानीय हास्य व्यङ्ग्य क्षेत्रमा रुचि हुने कलाकारलाई क्लोज क्याम्प गर्न सकिने सुझाएका थिए ।

प्रवेश  निशुल्क रहने  उक्त  कार्यक्रमका दिन नेपाली खानेकुराहरू र शैक्षिक परामर्शदाताहरूको स्टल राखिने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता रसाइली विश्वकर्मा
सीता रसाइली विश्वकर्मा
लेखकबाट थप