केन्द्रीय संस्करण

प्राइम बैङ्कको नाफा १ सय ३० करोड पुग्यो, सबै सूचनकहरुमा उल्लेख्य सुधार

person explore access_timeमाघ १९, २०७६ chat_bubble_outline0

काठमाडौँ । प्राइम कमर्सियल बैङ्कको नाफा १ सय ३० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ को पहिलो ६ महिनामा १ अर्ब ३० करोड ७ लाख रुपैयाँ नाफा कमाएको हो । प्राइमको यो नाफा अघिल्लो वर्षको सोही समयमा कमाएको नाफाभन्दा २२.६२ प्रतिशत बढी हो । अघिल्लो वर्ष सो बैङ्कको नाफा १ अर्ब ६ करोड थियो ।

बैङ्कले पुस मसान्तसम्ममा ८० अर्ब ३५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ८० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः ३ अर्ब र ९ अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा बैङ्कको निक्षेप करिब ७७ अर्ब र कर्जा ७२ करोड रुपैयाँ थियो ।

पुस मसान्तसम्म बैङ्कको जगेडा कोष ३ अर्ब १९ करोड रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा करिब ६९ करोड रुपैयाँले बढी हो । बैङ्कले आफ्नो चुक्ता पुँजी ९ अर्ब ६८ करोड रुपैयाँ रहेको देखाएको छ तर यो घोषित १६ प्रतिशत बोनस समायोजन हुनुभन्दा अघिको अवस्था हो । बैङ्कसँग अघिल्लो वर्षको नबाँडिएको नाफा २ अर्ब ४६ करोड रहेको छ । यही कोषबाट प्रस्तावित लाभांश वितरण हुनेछ ।

प्राइम कमर्सियल बैङ्कले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानीमा उल्लेख्य र ब्याज खर्चमा सामान्य वृद्धि गरेको छ । ब्याज आम्दानी ४ अर्ब ८१ करोडबाट बढेर ५ अर्ब ४८ करोड पुग्दा ब्याज खर्च ३ अर्ब ४ करोडबाट ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको बैङ्कले जनाएको छ । ६ महिनामा बैङ्कको कर्मचारी खर्च अघिल्लो वर्ष ३५ करोड ५२ लाख रहेकोमा यो वर्ष ४८ करोड ९६ लाख रुपैयाँ पुगेको हो । अन्य सञ्चालन खर्च करिब १३ करोड बढेर १८ करोड पुगेको छ ।

पुस मसान्तसम्म सो बैङ्कको पुँजी पर्याप्तता अनुपात १३.२३ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपातलाई १.५८ प्रतिशतबाट १.४५ प्रतिशतमा पुगेको छ । बैङ्कको यो वर्ष कस्ट अफ फण्ड केही घट्दा बेसरेटमा पनि सामान्य सुधार देखिएको छ । पुस मसान्तसम्म सो बैङ्कको कस्ट अफ फण्ड ७.६५ प्रतिशत र बेसरेट ९.४५ प्रतिशत छ । अघिल्लो वर्ष कस्ट अफ फण्ड ८.२९ प्रतिशत बेसरेट १०.१७ प्रतिशत थियो । भएको बैङ्क बेसरेटमा कस्ट अफ फण्डका अतिरिक्त सीआरआरको लागत, एसएलआरको लागत र सञ्चालन खर्च जोड्न पाउने राष्ट्र बैङ्कको प्रावधान छ ।

बैङ्कको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ४.३३ प्रतिशत छ । यो अनुपात राष्ट्र बैङ्कले तोकेको ४.४० प्रतिशतको सीमाभित्र हो ।

बैङ्कले सबै बचत खातामा ६.५ प्रतिशत र मुद्दति खातामा ८.५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा ६ प्रतिशतसम्म थप गरेर लिनेगरी पछिल्लो ब्याजदर निर्धारण गरेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.