बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् बलिउडका ६ विवादित विवाह

आइतबार, १९ माघ २०७६, १७ : २१
आइतबार, १९ माघ २०७६

मुम्बई । बलिउड कलाकार रिलेसन र प्रेम जीवनका कारण हमेशा चर्चामा छाउने गर्दछन् । कयौंपटक कलाकार आफ्नो च्वाइस अथावा विवाहका कारण पनि विवादमा फसेका छन् । जुन उनीहरुले अनुमान लगाएको भन्दा भिन्न रहने गरेको छ । अहिले यहाँ केही कलाकारको विवादस्पद विवाहको चर्चा गर्न खोजिएको छ ।

ऋषि कपुर र नितु सिंह : 
८० को दशकमा ऋषि कपुरले नितु सिंहको प्रेम रोमान्सलाई विवाहमार्फत रियललाइफ परिवर्तन गरे । ९० को दशकमा उनीहरुबीच असमझ्दारी बढ्यो । जसको कारणले नितुले धरेलु हिंसाको आरोप पनि लगाइन् । तर उक्त विवादले ठुलो रुप लिन पाएन । अहिले उनीहरु ३३ बर्षदेखि एकसाथ छन् ।

बोनी कपुर र श्रीदेवी :
बोनी र श्रीदेवीको विवाह खबरमा बलिउड आचार्यमा परेको थियो । बोनी बिवाहित तथा दुई बच्चाका पिता थिए । बोनीसँग बिवाह अगाडिनै श्रीदेवी गर्भवती भएको रहस्य बिवाहपछि मात्र खुलेको थियो ।

अमिताभ बच्चन र जया :

फिल्म जन्जीरको सेटमा अमिताभ र जयाबीच प्रेम टुसाएको थियो । दुबैले हतारमा बिवाह समेत गरे । बिवाह पछि दुबैको सम्बन्धमा कयौंपटक बिवाद भयो । तर पनि दुबैको सम्बन्ध भने टुटेन । अहिले यी जोडीले बिवाह गरेको ४५ वर्ष भयो ।

बिपाशा बसु र करण सिंह ग्रोवर :

बिपाशा र करणको बिवाहलाई लिएर धरै बिवाद श्रृजना भयो । जोन अब्राहमका साथ ब्रेकअ पछि उनले करण राजेकी थिइन् । करणको बिपाशासँगको बिवाह अघिनै दुई डिबोर्स भएको थियो । यस कारणले उनीहरुको सम्बन्धमा धेरै उतार चढाप आयो ।

अमृता सिंह र सैफअली खान :
अमृताले सैफसँगको प्रेमका लागि इस्लाम धर्ममा पनि परिवर्तन गरेकी थिइन् । उनको सैफभन्दा १३ बढी उमेर थियो । १९९१ मा दुबैले बिवाह गरेका थिए । बिवाहपछि  अमृताले अभिनय करियर छोडेर गृहणी बनिन् । २००४ मा उनीहरुबीच बिर्डाेस भयो ।

हेमा मालिनी र धमेन्द्र :

हेमा र धमेन्द्रको बिवाहपछि निकै बिवादमा रह्यो ।  धमेन्द्रले आफु बिवाहित हँुदा हँुदै पनि हेमासँग १९८० मा  बिवाह गरे । सो समय धमेन्द्रको श्रीमतीले डिबोर्स दिन अस्वीकार गरिन् । त्यसपछि दुबैले इस्लाम धर्म अपनायर बिवाह गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप