मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

द भ्वाइस अफ नेपाल सिजन-२ का टप ४ सहित बुगीवुगीका कलाकारहरु दुबई आउँदै

आइतबार, १९ माघ २०७६, १७ : ४८
आइतबार, १९ माघ २०७६

युएई।टेलिभिजन रियालिटी शो द भ्वाईस अफ नेपालका उत्कृष्ट ४ विजेता सहित 'बुगीबुगी' का कलाकार  दुबई आउने भएका छन्।

दुबईको एभरेष्ट क्लबमा आगामी २८ फेब्रुअरीमा हुन लागेको गोर्खाली नाईट -२ कार्यक्रममा ‘भ्वाइस अफ नेपाल सिजन २’का विजेता राम लिम्बुसहित विकास लिम्बु, आरिफ राओ, सनिश श्रेष्ठ र टप १० प्रतियोगी अञ्जु राना मगर ,नेपाली डान्सीङ रियालिटी शो ‘बुगीवुगी’ की विजेता कविता नेपाली, रबिन भुजेल र स्ट्याण्डप कमेडीबाट चर्चामा आएका नेपाली चर्चित हाँस्य टेलिशृङ्खला ‘सक्कीगोनी’का हाँस्य कलाकार सुबोध गौतम दुबई आउने भएका हुन्।

कार्यक्रममा चर्चित गीत ‘ फूल होइन काँडा’ की गायिका प्रविसा अधिकारी र उदाउँदो गायिका स्मिता दाहाल पनि सहभागी हुनेछिन्।

अघिल्लो बर्ष जस्तै यो बर्ष पनि कार्यक्रमबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरिने आयोजक सदस्य मनोज गोर्खालीले रातोपाटीलाई बताए।

गत वर्ष प्रथम ‘गोर्खाली नाइट’मा नेपाल आइडल सिजन २ का विजेता रबी वडका साथै बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, गायक कुलेन्द्र विक, नायिका तथा मोडेल एलिना रायमाझि, बिबेक खतिवडा, शोभा त्रिपाठी र रमेश दुलालले आफ्नो प्रस्तुति दिएका थिए । 

उक्त कार्यक्रमबाट सङ्कलन भएको रकम मृगौला रोगी विष्णु सुनार र संजीव कंडेललाई जनही १ र १ लाख सहयोग गरिएको थियो ।

कार्यक्रम टु एमले आयोजना गरेका हुन्। मनोज गोर्खाली एआरएनए आइसीसीका मध्यपूर्व उपसंयोजक र मदन अधिकारी एआरएनए युएईका युवा संयोजक हुन्।उनिहरुले युएईमा आफ्नै ब्याबसाय गरेर बसेका छन्।

कार्यक्रमको सञ्चालन भ्वाइस अफ नेपालका प्रस्तोता सुशील नेपालले गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप