धनकुटाको त्रिशुलेमा दुई बस जुध्दा १३ यात्रु घाइते
धनकुटा । धनकुटा नगरपालिका–२ त्रिशुले नजिक आइतबार दिउँसो दुई वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन् ।
मोरङको उर्लाबारीबाट धनकुटाको मारेककटहरे जाँदै गरेको को.१ ख.७८८० नम्बरको बस र संखुवासभाको चैनपुरबाट झापाको सौठा जाँदै गरेको को.१ ख.५१०५ नम्बरको बस दिउँसो करिव साढे २ बजे जुधेका हुन् ।
दुर्घटनामा परी दुवै बसमा सवार यात्रु घाइते भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।
हिलेस्थित बिजयपुर मेडिकलमा घाइतेहरुको उपचार भइरहेको छ । घाइते मध्ये धनकुटाको महालक्ष्मी–१ का ७१ बर्षीया निरमाया अधिकारी र चैनपुरका ७० बर्षीय सिंहमान तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कोशी राजमार्ग स्थित त्रिसुले नजिकको घुम्ति मोडमा बस ठक्कर खाएका हुन् । दुर्घटनाग्रस्त बसले सडक ढाक्दा कोशी राजमार्गको हिले–सिधुवा सडकखण्ड दिउँसो करिव आधा घण्टा अवरुद्ध भएको थियो । दुर्घटनापश्चात दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण
-
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’