शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रत नबसे त श्रीमान रिसाइसिन्छ !

शनिबार, १० भदौ २०७४, ११ : १५
शनिबार, १० भदौ २०७४


रेश्मा श्रेष्ठ केसी


यतिबेला म पत्रकार उजिर मगरको हालै प्रकाशित संस्मरणात्मक कृती  ‘अंश’ पढिरहेकी छु । लेखक तत्कालिन माओवादी जनयुद्दताकाको पूर्वी कमाण्ड सिन्धुपाल्चोकको पिस्करमा पुगेका छन् र उनले ‘देश र जनताको मुक्तिको लागि’  हातमा बन्दुक समाएकी र कम्ब्याट ड्रेस लगाएकी कविता नाम गरेकी कलिली छापामारसँग सम्बाद गरिरहेका छन् । 
केहि  समय पछि युद्धमा मारिएकी ती छापामार युबतीको कथाले मलाई पुस्तक पढ्न निकै संकट परेको छ म अगाडि बढ्न सकिरहेकी छैन । 
साउनभर शहरमा जताततै कृतिम  हरियाली भयो ।  विशेषतः हिन्दू महिलाहरुका हातमा साउनमा सजिएका हरिया चुरा, मेहेन्दी र हरिया पोशाकले  वातावरणलाई निकै नै रोमान्चित बनाउन तल्लिन छन् जस्तो भान हुन्छ। अझ प्रत्येक साउने  सोमबार र तीजको त कुरै फरक छ । 
हरेक दिन हरेक शिव मन्दिरहरुमामा लाग्ने  एक प्रकारको मेलाझैं प्रतित हुने  भीड भाडमा आफ्ना पतिको दीर्घायुको कामना गर्न प्रभुको दर्शन गर्न पुगेका महिला अनुहारहरुलाई मैले राम्रै पढेकी छु , हरियो चुरा र रातो साडिमा सजिएका महिलाहरुलाई आबरण मै सहि खुशी भएको देखेकी छु । श्रावणको सुरुवातीसंगै फेसबुके भित्ताहरु मा “ह्याप्पी श्रावण” को संदेशहरु  छरपस्टिएको देख्दा लाग्छ प्रत्येक नेपाली नारी आफ्नो परम्परा निभाउन हर्सित छन् । श्रावणको सोमबार उत्तिकै पनि बिशेष गरि आफ्नो पतिको सुस्वास्थ्य, खुशी र दिर्घायुको निम्ति लिने यो ब्रतमा पतिहरु उस्तै हर्षित होलान् । 
शाकाहारी व्यक्तिलाई एकदम सम्मान गर्छु  अनि शाकाहारी भोजन गर्नु पर्छ भन्ने विचारको पनि सम्मान समेत गर्छु । श्रावण महिनाको सोमबारले कम्तिमा हिन्दु नेपाली मांशाहारी नारीहरुलाई हप्ताको एकदिन भएपनि शाकाहारी भोजन गराई स्वस्थ रहन सहयोग गरेको छ । अरुले अनुसरण गरेका सबै कामहरु अर्कोले पनि पालना गर्नै पर्छ भन्ने छैन  । सायद मैले सधै भरी सम्मान गर्ने शाकाहारलाई मैले आफै भने पालना गर्न सकेको छैन । हुन सक्ला श्रावण महिनाको महिमाबारे अलि प्रस्ट नभएर हो कि, या त प्रस्ट हुने इच्छा नजागेर हो ती सबै रोमाञ्चित शाकाहार कार्यहरुले मलाई छुन सकेन 
एकातर्फ बर्षिकी पनि भै नसकेकी मेरी १० महिने छोरीको स्याहार सुसार, अर्कोतर्फ घर भन्दा करीब तीस किमीको दूरीमा रहेको अफिस र त्यसको ब्यस्त दैनिकी १ मलाई बिहानको खाना घरमा बसेर खान मुस्किलले शनिबार पर्खनु पर्छ ।  बलियो बिकल्पको रुपमा मैले  खाना अफिसमै  बोकेर जाने गरेकी छु ।
साउनको एक सोमबार अफिसमा खान खादै गर्दा एकजना दिदी अचानक मेरो कार्य कक्ष भित्र छिर्नु भो,  मैले खान खादै गरेको देख्दा अचम्म मानेर “लौ  आज म्याडम ब्रत बस्नु भएन र ?“ भनेर प्रश्न गर्नु भो, मानौ मैले पुराण ग्रन्थहरुका बर्णन गरिएको कुम्भिपाक नर्क मै पर्ने गरीको धार्मिक अपराध गरेँ । मैले अहँ बसिन, भन्दै गर्दा  दिदीको  नजर मेरो टिफिन डब्बा  भित्रको  चिकेन रोष्टमा गयो ।  
मेरो अनपेक्षित जबाफ सँगसँगै ती दिदीका नजरले जब आम मान्यता बिपरित श्रावणमा मेरो टिफीन बट्टा भित्र जे देखे, उहाँ कमसेकम झण्डै झण्डै  बेहोस नै हुनु भयो । अश्वभाविक चिच्याहटका साथ उहाँ कराउन थाल्नु भयो “आज को दिन नि मासु खाने हो? 
“म अक्क न बक्क भएँ र भने ,“केहि हुन्न दिदि मनले मागुन्जेल खान्छु ,  जुन दिन खान मन लाग्दैन त्यो दिन बाट छोड्छु” ।
 तर दिदीको स्थिति स्थिर भएन, आफुलाई बल्ल तल्ल सम्हाल्दै  बोल्न थाल्नु भयो “छेत्री संग विहे गरेपछि त चलन मान्नु पर्छ, मानिसले आफ्नो जात देखाउछ भनेको यहि हो ।” 
अब भने छक्क पर्ने पालो मेरो थियो । “धर्म मान्ने कुरामा जातको कुरा कताबाट आयो ? १ मेरो आमा काठमाडौँ ठमेलको नेवार परिवारमा जन्मिनु, हुर्किनु भो र काठमाडौँकै नेवारसँग बिहाबारी गर्नु भो।  ४५ वर्ष पुगेपछि मेरी आमाले  कुनै एउटा  धार्मिक संप्रदायमामा लागेर शाकाहारी जीवनशैली अबलम्बन गर्नु भयो ।  तर आफ्ना  सन्तानहरुलाई कहिले पनि तिमीहरु शाकाहारी बन्नु पर्छ भनेर जोड बल गर्नु भएन । संयोगबश म त्यस्तो घरको बुहारी बन्न पुगे जहाँ मेरो ससुरा बुवा बर्षौदेखि शाकाहारी तर सासु आमा करिब २ वर्ष अघि सम्म हप्ता को ४ दिन मासु खानुहुन्थ्यो। अहिले सासु आमालाई  मुटु  सम्बन्धि समस्या देखिएपछि  चिकित्सकको सल्लाह बमोजिम पूर्ण रुपमा शाकाहारी बन्नुभएको छ ।  तर  उहाँहरुले पनि कहिले पनि हामीलाई शाकाहारी बन्न दबाब दिनु भएन । यदि दबाब दिएको खण्ड ा पनि म पूर्ण रुपमा बिरोध गर्थेँ।  म नेवारको छोरी र छेत्रीको बुहारी हुँ । तर पनि म सबै प्रकारको मासु खान्छु । ब्रत बस्नु , मेहेन्दी लगाउनु र हरियो बस्त्र लगाउनु वा नलगाउनु मेरो स्वतन्त्रताको कुरा हो । आज पनि कति नारी होला सायद परिवारको खुशी को लागि आफ्नो खुशी त्यागिरहेका छन् । त्यो परिबारको लागि उनीहरुले गरेको त्यागको मुल्यांकन कसले गर्ला ? 
मेरो मानसपटलमा ताजै रहेको अर्को घटना छ –  साउनको एक  सोमबार  एकजना  बहिनी मेरो कार्य कक्षमा प्रबेश गरिन् ।   बिहानको  साढे ११ बजेको समयमा निन्याउरो अनुहारमा देखा परेकी  उनी बोल्दै थिइन्, ‘कस्तो रिंगटा लाग्यो दिदी !’  
मैले खान खानु भाको छैन र बहिनी भनेर सोधे । 
‘आज त सोमबार हो नि ब्रत छ नि तपाइको छैन र ?’ उनले प्रतिप्रश्न गरिन । ‘म ब्रत बस्ने गरेको छैन’, स्वभाबिक उत्तर दिएन् । 
‘यस्तो कम्जोर मान्छे किन ब्रत बसेको  त ?’,  
‘ब्रत नबसे त श्रीमान रिसाइसिन्छ होला नि म्याडम !’
मेरो प्रश्न सुनेर मन्द मुस्कान हाँसेकी उनको जबाफले भने मलाई नेपाली पुरुषप्रधान समाजमा महिला हुनुको बिडम्बना र शहर बजारमा हुर्केका, पढेलेखेका महिला समेत कसरी पुरुष आश्रित छन् भन्ने कुराले नराम्रोसँग हल्लायो ।
‘अब त तपाईँको श्रीमान खुशी हुनुभाछ त तपाई ब्रत बस्दा ?’
 बहिनीको जबाफ थियो, ‘अँ खुशी हुनु भा’छ ।’ 
 यस्ता कति दिदीबहिनी होलान हाम्रो समाजमा जो आफ्नो स्वास्थको मतलब नगरी श्रीमान रिसाउलान भनेर देखावटी हाँसो हाँसिरहेका छन् ।  हामी जस्तो शिक्षित समुदायको त यो हालत छ भने झन् बिकट कहलिएका जिल्लाहरुमा कस्तो भयानक स्थिति होला म कल्पना मात्र गर्न सक्छु । भन्न त आफ्नो खुशीमा भन्दा अरुलाई खुशी दिनु ठुलो कुरा हो भनिन्छ ।  तर आफ्नो स्वास्थ खराब बनाएर अरुलाई दिएको खुसीको के अर्थ रहन्छ र ? पहिला आफू बने मात्र अरुलाई बनाउन सकिन्छ । 
ऊजीर मगरको ‘अंश’की कबिता ।  तिमीले कुनै न कुनै रुपमा पुरुषप्रधान दासताको बिरुद्ध बन्दुक बोकेकी थियौ होला  ।  तिमीले बोकेको बन्दुकले र तिमीले रुम्झाटारको युद्धमा  बगाएको रगतले नेपाली समाज र दुरदराजको चरित्र कति परिबर्तन गर्यो ?  त्यो आम मुल्यांकनको बिषय हुन सक्छ । 
 तर काठमाण्डौमा हुर्के बढेकी नेवारकी छोरी र क्षेत्रीकी बुहारी मैले भने हाम्रो सामाजिक संरचना अझै पनि अठ्ठारौं सताब्दीको  पुरषप्रधान बेलायती समाज जस्तै मात्र पाएकी छु । बेलायती साम्राज्यमा ऊ बेला एउटा भनाई निकै चर्चित थियो – संरक्षण गर्न सक्ने लोग्ने, समर्पित स्वास्नी र आज्ञाकारी सन्तान !  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप