बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४३ वर्षको उमेरमा पनि फिट मल्लिकाको ‘फिटनेस टिप्स’

सोमबार, २० माघ २०७६, ०८ : ५२
सोमबार, २० माघ २०७६

बलिउड अभिनेत्री मल्लिका शेरावतका हजारौं प्रशंसक छन् । उनको सुन्दरता देख्दा उमेर केवल नम्बर मात्रै हो भन्ने प्रमाणित हुन्छ । सुगठित शरीरकाको कारण बताउँदै उनले ‘फिटनेस टिप्स’ दिएकी छिन् । 

मल्लिका लामो समयदेखि योग गरिरहेकी छिन् । साथै, उनी योगको बारेमा सचेतना फैलाउन पनि उत्तिकै सक्रिय छिन् । उनी सामाजिक सञ्जालमा फिटनेससम्बन्धी थुप्रै भिडियो र फोटो सेयर गर्ने गर्छिन् । साथै, उनी उक्त योगको महत्वको बारेमा पनि जानकारी दिने गर्छिन् । 

 

आफ्नो फिटनेसको राज खोल्दै एउटा कार्यक्रममा मल्लिका भन्छिन्, ‘मैले पाँच÷छ वर्षदेखि अयंगर योगको अभ्यास गरिरहेकी छु । यो योग मलाई एकदमै राम्रो लाग्छ । किनकी यो योग शरीरको ‘अलाइनमेन्ट’ मा आधारित छ । यसले मानसिक स्वास्थ्यको लागि फाइदाजनक छ । यो एक प्रकारको ध्यान हो । जसले तनावबाट मुक्ति दिलाउँछ । र शरीरमा सकारात्मक उर्जाको सञ्चार गराउँछ ।’

उनी उक्त योगले शान्ती महसुस गराउने बताउँछिन् । साथै, लामो यात्रापछि यो योगले निकै सहज महसुस गराउने बताउँदै उनी भन्छिन्, ‘यसले मलाई खाना खान मन लाग्ने तीव्र इच्छा हुँदैन । मलाई गुलियो निकै मन पथ्र्यो तर मैले अयंगर योग शुरु गरेपछि मैले गुलियो खान छोडे । जुन दिन मैले यो अभ्यास गर्न सुरु गरे त्यतिबेला देखि मलाई गहिरो निन्द्रा लाग्न सुरु भयो ।’

उनी आफू शाहाकारी भएको बताउँछिन् । साथै, उनी दुग्ध उत्पादनको पनि प्रयोग गर्दिनन् । उनी घरमै बनेको खाना खाने गर्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप