केन्द्रीय संस्करण

संसारको सबैभन्दा ठूलो किताब, तौल १,४२० किलोः पाना पल्टाउन मात्रै चाहिन्छ ६ व्यक्ति

person explore access_timeमाघ २०, २०७६ chat_bubble_outline0

उत्तरी हंगरीको सानो गाउँ सिनपेत्रीमा बस्ने बेला वर्गाले हातैले एउटा किताब बनाएका छन् । उक्त किताब संसारकै ठूलो किताब भएको दाबी गरिन्छ । ७१ वर्षका उनले उक्त किताब बनाउनका लागि किताब बाइन्ड गर्ने पुरानो तरिका अपनाएका छन् । ४.१८ मिटर लामो र ३.७७ मिटर चौडा किताबमा ३४६ पाना छ । यसको तौल १ हजार ४ सय २० किलोग्राम छ । किताबमा इलाकाका वातावरण, गुफा र भूभागको संरचनाबारे जानकारी दिइएको छ ।

बेलाका अनुसार उक्त किताब आफ्नो आकारका साथै यसको निर्माणमा प्रयोग भएको तरिकाका कारण पनि चर्चामा छ । उनले भनेका छन्, ‘यो किताब यो क्षेत्रबारे जानकारी दिने अन्य किताबभन्दा भिन्न छ । यसका लागि काठको टेबल र अर्जेन्टिनाबाट मगाएको गाइको छाला प्रयोग गरिएको छ ।’

किताबको पाना पल्टाउन मात्रै ६ जना आवश्यक पर्ने बताइएको छ ।

किताबको नाम गिनिज बुकमा दर्ता गर्नेः

किताबको एउटा सानो कपी पनि तयार गरिएको छ ता कि किताबको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउनका लागि यसको एउटा सानो कपी पनि तयार गरिएको छ । यसको तौल ११ किलोग्राम छ । यी दुई किताबलाई एकसाथ तयार गरिएको थियो । वर्गाले भने, ‘मैले भुटानका प्रधानमन्त्रीबाट विशेष रुपमा चौरीको पुच्छर प्राप्त गरेको छु  । भुटानमा चौरीको पुच्छर बौद्ध भिक्षुले पवित्र किताब सफा गर्नका लागि गर्छन् । यो धुलो हटाउनका लागि सबैभन्दा राम्रो मानिन्छ । म यसैमार्फत् किताबको धुलो हटाउँछु ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.