बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबले मुसलमान देशहरुको संगठनमा इरानलाई आउन दिएन

सोमबार, २० माघ २०७६, १३ : १४
सोमबार, २० माघ २०७६

एजेन्सी । साउदी अरबले मुसलमान देशहरुको संगठन ‘अर्गनाइजेसन अफ इस्लामिक को–अपरेशन(ओआईसी)’को वैठकमा इरानलाई सहभागी हुन रोक लगाइदियो । 

सोमबार साउदी अरबको एक सहर जेद्दामा ओआईसीको वैठक हुँदैछ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार साउदी अरबले इरानका प्रतिनिधिमण्डीलाई वैठकको लागि भिषा नै दिएनन् । यो बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मध्य–पूर्वशान्ति सम्झौता प्रस्ताव’मा बहस हुनेछ । 

इरानको विदेश मन्त्रालयका प्रवक्ता मौसवीका अनुसार इरानले घटनाबारे ओआईसीमा गुनासो दर्ता गराएको छ । 

त्यस्तै इरानले साउदी अरब र ओआईसीमा रहेको उसको हैसियतलाई गलत प्रयोग गरेको ओबीसील्ले आरोप लगाए । 

तथापि, यस सम्बन्धमा साउदी अरबका अधिकारीबाट कुनै पनि पनि प्रतिक्रिया आएको छैन । 

आईओसी इस्लमिक देशहरुको संगठन हो र यसमा साउदी अरबको अधिपत्य कायम छ । 

इरानी अधिकारीले इजरायल र प्यालेष्टाइनबीच विवादलाई सुल्झाउनको लागि ट्रम्पले ल्याइएको योजनालाई पनि निन्दा गरेका छन् । यो योजना ट्रम्पले एक हप्ता अघि सार्वजनिक गरेको थिए । 

प्यालेष्टाइनी नेताहरुले यो योजनाको पहिले नै अस्वीकार गरिसकेका बताए । उसको भनाइमा ट्रम्पको योजना एकदमै एकतर्फी छ र यसले इजरायलीको पक्ष लिएर यालेष्टाइनीलाई समर्थन गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप