बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेलिनाको ‘तिमीले बाटो फेर्‍यौ अरे–२’ करोड क्लबमा

सोमबार, २० माघ २०७६, १३ : २२
सोमबार, २० माघ २०७६

काठमाडौं । पछिल्लो समय कमै गायक गायिकाको गीतले युट्युवमा करोड दर्शक पाउने गरेका छ । तीमध्यकी एक हुन् गायिका मेलिना राई ।

राईको गीत ‘तिमीले बाटो फेर्‍यौ अरे–२’ गीत पनि करोड क्लवमा प्रवेश गरेको छ । मेलिना राईको स्वरमा रहेको गीत ‘तिमीले बाटो फेर्‍यौ अरे २’ करोड बढी भ्यूज पाएको हो ।  गीतमा शब्द दपर्ण राइको रहेको छ ।

यसअघि दपर्णकै स्वरमा रहेको गीत ‘तिमीले बाटो फेरर्‍यौ अरे’ पनि करोड क्लवमा प्रवेश गरेको थियो । विक्रम राईको संगीत, रिकेश गुरुको संगीत संयोजन रहेको गीतको भिडियोमा अनिल के मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । ‘

तिमीले बाटो फेर्‍यौ अरे...’ गीत बाटै मेलीना राई चर्चामा आएकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप