शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ठेकेदारका कारण ९६ वटा पुलको निर्माण लथालिङ्ग

सोमबार, २० माघ २०७६, १४ : ३०
सोमबार, २० माघ २०७६

काठमाडौँ । ठेकेदार कम्पनीको लापरबाहीका कारण देशभरका ९६ वटा पक्की पुल निर्माणकार्य अवरुद्ध बनेको छ । 

साेमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो तथ्यांक पेश गरेका हुन् । 

उनीहरुले पुलको निर्माणकार्य लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय भने मौन भएकोमा आक्रोश पोखेका छन् । 

योजना आयोग, अर्थमन्त्रालय र भौतिक निमाण मन्त्रालयबीच समन्वय हुन नसक्दा थप समस्या आएको सांसदहरुको भनाइ थियो । 

बैठकमा पप्पु कन्स्ट्रक्सनको बेइमानी मिडियाले खुलासा गरेपनि अन्य निर्माण कम्पनीहरुको विषयमा भने राज्य नै मौन बनिदिँदा बदमासी सार्वजनिक हुन नसकेको विषयमा कुरा उठेको थियो । 

हाल देशभर १६ सय वटा पल निर्माण कार्य भएपनि ९६ वटा पुल निर्माणमा समस्या रहेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप