टर्कीको जवाफी कारबाहीमा कम्तीमा ३० सिरियाली सैनिकको मृत्यु: एर्दोगान
एजेन्सी । टर्कीको सीमा क्षेत्र नजिक रहेको सिरियाली भूमिमा त्यहाँको सेनाविरूद्ध सोमबार गरेको जवाफी आक्रमणमा परी कम्तीमा ३० सिरियाली सैनिकको मृत्यु भएको टर्कीका अधिकारीले बताएका छन् । सिरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने इद्लिब प्रान्तका सैनिकहरूलाई टर्कीबाट प्रतिआक्रमण भएको अधिकारीहरुले जनाएका छन् ।
सोमबार टर्कीका राष्ट्रपति तैयप एर्दोगानले इद्लिबमा रहेका आफ्ना जनता र दाजुभाई दिदीबहिनीको जीवन रक्षाका लागि आफूले संघर्ष गरिरहेको बताए । इद्लिबमा सिरियाली सेनाले गरेको गोलाबारीका विरुद्धमा लगातार प्रतिआक्रमण गरिरहने पनि राष्ट्रपति एर्दोगानले बताए ।
यसअघि सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले दिएको जानकारीमा टर्कीका हतियारधारी समूहको आक्रमणमा परी कम्तीमा छ सिरियाली सैनिक मारिएपछि सिरियाली सरकारी फौजले सिरियाको उत्तरपश्चिमी क्षेत्रमा तैनाद टर्कीको सेनामाथि आक्रमण गरेको थियो ।
उक्त आक्रमणमा टर्कीका थप चार सैनिक मारिएका थिए भने नौ जना घाइते भएका थिए । उनीहरु सिरियाली सुरक्षाकर्मीको आक्रमणमा इद्लिबमा मारिएको टर्कीका रक्षा मन्त्रीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा