१० वर्षीय बालक अपरहण गरेको अभियोगमा पक्राउ
बारा । १० वर्षीय बालकलाई अपरहण गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साथै अपहरणमा परेका ती बालकको कलैया उपमहानगरपालिका-२४ श्रीपुरस्थित सडकबाट प्रहरीले उद्दार समेत गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका-१४ गण्डक बहुअरी बस्ने रमेश राम र बारा प्रसौनी गाउँपालिका-५ प्रष्टोका बस्ने राजु राम रहेका छन् ।
गत शुक्रबार आफू पढ्ने स्कुलमा सरस्वती पूजाको बिसर्जन गर्न गएका ती बालक घर फर्की नआएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा रामले अपहरणका मुख्य योजनाकार राजुलाई बुझाउन लाँदै गरेको अवस्थामा फेला पारी बालकको उद्दार गरेको हो । रामलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनकै मामा राजुले बालकलाई ललाइफकाई अपहरण गरी ल्याउनु भनी नगद ५० हजार रुपैयाँ दिन्छु भनेपश्चात अपहरण गरेको खुल्न आएको थियो ।
उनीहरु उपर अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण
-
पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी