बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकर्सको रोजाइमा टाटा नेक्सन

मङ्गलबार, २१ माघ २०७६, १३ : ०४
मङ्गलबार, २१ माघ २०७६

काठमाडौं– टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडीङ्गले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन बैंकर्सको पहिलो रोजाई बन्न पुगेको छ । 

हालैमात्र हिमालयन बैंक लिमिटेडलाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको थियो । यसअघि नेपाल एसबिआई बैङ्क तथा अन्य बैङ्कहरुलाई पनि टाटा नेक्सन लगाएतका गाडीहरू डेलिभरि गरिएको थियो । साथै अन्य बैङ्क तथा वित्तिय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भैरहेको सिपद्रीले जनाएको छ । 

टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । 

यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पुर्याइएको छ । २०९ एम.एम. ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्र्टी डिजाइन रहेको टाटा नेक्सन पाँचवटा भेरियन्टहरूमा उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप