शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपाध्यक्ष वामदेवले २ नम्बर प्रदेशबाट काम थाल्ने

मङ्गलबार, २१ माघ २०७६, १३ : २४
मङ्गलबार, २१ माघ २०७६

काठमाडौं । केन्द्रीय समिति बैठकबाट उपाध्यक्ष निर्वाचित भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतम २ नम्बर प्रदेशको विवाद मिलाउन खटिने भएका छन् । 

संगठन विभाग प्रमुख समेत रहेका गौतमले माघ २२ गते बुधबारबाट २ नम्बर प्रदेशको विवाद मिलाउन खटिने जनाएका छन् । 

‘एकताका क्रममा २ नम्बर प्रदेशका विभिन्न पार्टी कमिटीमा विवाद देखिएका छन् । ती विवादहरु जिल्लामै गएर विधि, विधानअनुसार मिलाउने काम मेरो पहिलो प्राथमिकतामा परेको छ’, गौतमले रातोपाटीसँग भने, ‘पार्टीको विधि, विधान र पुराना माइन्युट समेत हेरेर सोही अनुसार काम अघि बढ्छ ।’

२ नम्बर प्रदेशका धेरैजसो जिल्ला र प्रदेश कमिटिहरुको एकताप्रति ती जिल्लाका केन्द्रीय सदस्यहरुले हालै सम्पन्न केन्द्रीय समिति बैठकमै आवाज उठाएका थिए । खासगरी एकतापछि रौतहट, धनुषा, महोत्तरीमा समस्या रहेको छ । ति जिल्लाका जिल्ला कमिटीको सपथ ग्रहण समेत रोकिएको छ ।  

पार्टी एकतापछि गठित कतिपय प्रदेश तथा जिल्ला कमिटीहरुमा साविक एमालेतर्फका निर्वाचित सदस्यहरुलाई समेत नराखेको तथा कतिपय कमिटीमा संगठित सदस्यता नभएकालाई पनि जिम्मेवारी दिएको भन्दै समानान्तर कमिटी नै बनेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप