शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धुर्मुसको ‘सेन्टी भाइरस’को विदेश राइट १ करोड १५ लाखमा बिक्यो

मङ्गलबार, २१ माघ २०७६, १४ : ५८
मङ्गलबार, २१ माघ २०७६

काठमाडौं । सिताराम कट्टले (धुर्मुस) र कुन्जना घिमिरे ( सुन्तली)ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को विदेश राइट बिक्री भएको छ । फिल्मको विदेश राइट अमेरिकाको नेप्सिने कम्पनीले किनेको हो । 

१ करोड १५ लाखमा फिल्मको विदेश राइट बिक्री गरिएको कलाकार तथा निर्माता सिताराम कट्टेलले जानकारी दिए । 

नेप्सिनेका प्रमुख विधान कार्की र फिल्म निर्माण कम्पनी सुविहानी फिल्मस्का सिताराम कट्टेल (धुर्मुस)ले फिल्मको बिदेश राइटका लागि सम्झौता गरेका छन् ।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको मुनाफाको ५० प्रतिशत रकम जनस्तरबाट निर्माण भैरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गरिने यस अगाडि निर्माण युनिटले घोषणा  गरेको छ । 

शिवरात्रीको अवसर पारेर फागुन ९ देखि सार्बजनिक प्रदर्शनमा आउने फिल्म कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ । 

सितारामसँगै दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको फिल्म  सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको हो ।

डिन्डू लामा ह्याल्मोनिर्माता रहेको फिल्मको सह निर्मातामा  फुर्पा ह्याल्मो रहेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप