शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर फोरजी सेवा पुर्‍याउन सफल भएको भन्दै मन्त्री बास्कोटाले गरे टेलिकमको प्रशंसा

बुधबार, २२ माघ २०७६, १५ : ४२
बुधबार, २२ माघ २०७६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले   देशभर फोरजी सेवा पुगेकामा खुशी व्यक्त गरेका छन् । नेपाल टेलिकम को १६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा  मन्त्री बास्कोटाले कम्पनीको स्वस्थ्य जीवनका निम्ति इमान्दार भएर आफ्नो सम्पूर्ण क्षमता देशका लागि प्रयोग गरेको भन्दै कम्पनीको प्रशंसा समेत गरे । 

मन्त्री बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन समेत दिए । मन्त्री बास्कोटाले वार्षिकोत्सवस्थलमा कम्पनीमा क्रियाशील एक कर्मचारी युनियनले विरोध जनाएकामा असन्तोष समेत व्यक्त गरे । 

उनले भने, ‘आमाको जन्मदिनका दिन मङ्गलधुन बजाउने कि शोकधुन बजाउने ? यो त गाईजात्रा देखियो ।’ कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको, सूचना प्रविधि महामार्ग निर्माणको काम भइरहेको र राष्ट्र निर्माणमा सञ्चार क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप