नेपाल पराजित हुँदा त्रिवि मैदानमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको छ ।
बुधवार कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो ।
ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन जोडेको थियो । तर नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन समेटिन पुग्यो ।
नेपालको ब्याटिङमा उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३६, सन्दीप लामिछानेले २७ र विनोद भण्डारीले २६ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा समेत रन छुन सकेनन् ।
तर, शरद भेषावकरले अर्धशतक बनाए पनि टिमलाई जितका लागि प्राप्त भएन । नेपालका लागि करण केसीले ४ र सुशन भारीले ३ विकेट लिएका थिए ।
नेपालको खेल हेर्नका लागि उल्लेख्य संख्यामा क्रिकेटप्रेमीहरु त्रिवि क्रिकेट मैदान पुगेका थिए ।
खेलका तस्बिरहरु हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै