शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेल मेडिकल कलेज र बिद्यार्थीका अभिभावकवीच शिक्षण शुल्कको बिषयमा सहमति

बुधबार, २२ माघ २०७६, २१ : २६
बुधबार, २२ माघ २०७६

बिराटनगर । नोबेल मेडिकल कलेज र बिद्यार्थीका अभिभावकवीच शिक्षण शुल्कको बिषयमा सहमति जुटेको छ । नयाँ शैक्षिक सत्रमा एमवीवीएस र वीडीएसमा भर्ना हुन आएका बिद्यार्थीका अभिभावक र कलेज प्रशासनवीच बुधबार भएको छलफलमा सहमति जुटेपछि शुल्क विवाद समाधान भएको हो ।

       नयाँ शैक्षिक सत्रमा एमवीवीएस र वीडीएसमा कलेजले शिक्षण शुल्क बढी माग गरेको भन्दै शुल्क घटाउँनुपर्ने मागसहित बिद्यार्थीका अभिभावकहरुले असहमति जनाएका थिए । 
त्यसपश्चात कलेजसँग भएको छलफलमा दुवै पक्षवीच सहमति जुटेको बिद्यार्थीका अभिभावकहरुले जनाएका छन् । सहमतिसँगै बिहिबारबाट पठनपाठन सुरु हुँने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप