बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जब भारतीय प्रधानमन्त्री मोदीले अत्याधुनिक राइफलबाट निशाना लगाए...

बुधबार, २२ माघ २०७६, २३ : २८
बुधबार, २२ माघ २०७६

एजेन्सी । भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा पाँच दिवसीय डिफेन्स एक्सपो–२०२० सुश्र भएको छ । बुधबार सो एक्सपोको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हुन् । एक्स्पोको उद्घाटन्सँगै प्रधानमन्त्री मोदीले भर्चुअल शुटिङ रेन्जमा शूटिंगको एउटा छुट्टै रोमाञ्चक आनन्द लिएका छन् । कार्यक्रमको उद्घाटन लगत्तै उनले डिफेन्स एक्स्पोमा प्रदर्शनमा राखिएका अत्याधुनिक हतियारहरूको निरीक्षण गर्दै ती हतियारको जानकारी समेत लिएका थिए ।

त्यसपछि प्रधानमन्त्री मोदीले डिफेन्स एक्सपोमा राखिएको अत्याधुनिक राइफलबाट भर्चुअल शुटिङ रेन्जमा निशाना साँधेका थिए । राजधानी लखनऊस्थित वृन्दावनमा आयोजित उक्त एक्स्पोमा धेरै आधुनिक हतियार प्रदर्शनीमा राखिइएको छ प्रधानमन्त्री नरेन्द्र मोदीले एक्सपोको विधिवत उद्घाटन गरेपछि सम्पूर्ण बजार अहिले सजिएको छ।

यसअघि प्रधानमन्त्री मोदी, रक्षामन्त्री राजनाथ सिंह, यूपीका सीएम योगी आदित्यनाथ लगायतले रक्षा प्रदर्शनीको अवलोकन गरेका थिए । यसैबीच प्रधानमन्त्री मोदी भर्चुअल शुटिङ स्थल पुगेका थिए र त्यहाँ उपस्थित अधिकारीहरूसँग एक्स्पोको विषयमा जानकारी लिएका थिए । त्यसपछि, उनले आफैँले राइफलबाट निशाना लगाएका थिए । मोदीले शुटिङका क्रममा धेरै निशानाहरु सही ठाउँमा पारेका थिए ।

स्मरणरहोस्, भर्चुअल शुटिङ विज्ञान र एउटा कला पनि हो । जहाँ गोलीहरु खेर नफालिकन निशाना लगाउनुपर्ने हुन्छ । सिपाहीहरूका लागि पनि यो अभ्यास निकै महत्पूर्ण हुनसक्छ, किनभने यसमा आफ्नो क्षमता जाँच गर्न र यो मार्फत अझ धेरै सुटिङका कलाहरुमा सुधार ल्याउन सकिन्छ। यसप्रकारको प्रशिक्षण सिपाहीहरूका लागि धेरै महत्त्वपूर्ण हुन्छ ।

भर्चुअल शुटिङबाट सुटरहरू वा सिपाहीहरूले युद्ध नगरी युद्धको रोमाञ्च अनुभव गर्न सक्दछन् र उनीहरूले लडाईका लागि दक्षताको आँकलन पनि गर्न सक्छन् । प्रधानमन्त्री मोदीले आफैलाई निशाना साँधेर त्यो अनुभव गरेका छन् । Photo: jagaran.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप