बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

१० लाख पाउन्ड तलब लिने बैंकका कर्मचारीले स्यान्डविच चोरेपछि...

बिहीबार, २३ माघ २०७६, ०८ : २९
बिहीबार, २३ माघ २०७६

लण्डनस्थित सिटी बैंकमा कार्यरत भारतीय मुलका पारस साह निलम्बित भएका छन् । उनी बैंकको क्यान्टिनबाट स्यान्डविच चोरेको आरोपमा निलम्बित भएका हुन् । 

प्रसिद्ध बैंकर्स ३१ वर्षीय साहमाथि स्यान्डविच चोरेको आरोप लागेको छ । उक्त आरोपपछि उनलाई बैंकले निम्बित गरिदिएको छ ।

उनीमाथि लागेको आरोपपछि धेरैले धेरै तरिकाले उक्त घटनाको व्याख्या गरेका छन् । उनको प्रतिष्ठामा आँच पुर्याउन उक्त हर्कत भएको हुनसक्ने केही व्यक्तिहरुको राय भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

उनी रिस्क म्यानेजमेन्टमा दखल भएका थिए । उनी कम्पनीमा युरोप, मध्यपूर्व र अफ्रिकाका लागि धितोपत्र व्यापार गर्ने विभागका प्रमुख थिए । उनको वार्षिक तलब १० लाख पाउन्ड थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप