बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ललिता निवास प्रकरणमा बाबुरामले भने– आवश्यक परे ‘नीलकण्ठ’बन्न तयार छु

बिहीबार, २३ माघ २०७६, १२ : १९
बिहीबार, २३ माघ २०७६

काठमाडौं । ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोप्रति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई असहज महसुस भएको प्रक्रियता दिएका छन् । 

उनले बिहीबार ट्वीटरमा लेखेका छन्, ‘मैले पनि असहजता महसूस गरेको छु! सुर–असूर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘नीलकण्ठ’बन्न तयार छु! तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस ! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिनेचाहिँ फस्ने नहोस्!’

ऐन कानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएको भट्टराईले बताए । 

उनले अगाडि लेखेका छन्, ‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रयत्न स्वागतयोग्य छ । तर प्रथम दृष्टि या यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ । हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ । मन्त्री दोषी तर प्रम निर्दोष देखिदा....।’ 

ललिता निवासको १ सय १४ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र भट्टराई पनि जोडिएका थिए । २०६६ चैत र २०६७ वैशाखमा नेपाल नेतत्ृवको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री निवास विस्तारको निर्णय गरेको थियो ।

२०६९ मा भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो। तर उनीहरु विरुद्ध मुद्दा नचल्ने भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप