शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गौरव अनुभूति हुने गरि सांस्कृतिक संस्थानमा परिवर्तन ल्याउनेछु : महाप्रबन्धक राई

बिहीबार, २३ माघ २०७६, १२ : ५०
बिहीबार, २३ माघ २०७६

 काठमाडौं । नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाघर)का नवनियुक्त महाप्रबन्धक अशोकप्यासी राईले अवको सय दिन भित्र गौरव अनुभूति हुने गरि सांस्कृतिक संस्थानमा परिवर्तनको आभास दिने बताएका छन् ।

सेवाप्रवाह, कार्यशैली, सजावट, सहजता, व्यवहार सबैमा यी कुरा झल्कने राईको भनाई रहेको थियो ।

‘संस्थान अहिले संगीन अवस्थाबाट गुज्रिरहेको छ । अथाह सम्भावना र अवसर भएपनि त्यसको सदुपयोग र व्यवस्थापन हुन सकिरहेको छैन’ राइले भने ‘स्पष्ट लक्ष्यसहित चुस्त, पारदर्शी र प्रभावकारी व्यवस्थापन, क्रियाशील कर्मचारी अनि सिर्जनशील कलाकारको सुन्दर संयोजनले संस्थान समृद्ध बन्ने छ ।’

पदभार ग्रहण गरेको एक महिना पुगेको अवसरमा आयोजित पत्रकार सम्बेलनमा राइले सुधारका नयाँ योजना समेत सार्वजनिक गरेका थिए । सो अवसरमा राइले संस्थानलाई समृद्ध बनाउन नयाँ सोच र योजना समेत अगाडी बढाइएको जानकारी दिए ।

मुुलुकले भ्रमण वर्ष २०२० मनाइरहेकाले नेपाल आएका पर्यटकका लागि नयाँ वर्ष २०७७ सँगै संस्थानमा साप्ताहिक रुपमा सांस्कृतिक सोहरु सुरु गर्ने योजना रहेको समेत उनले सो अवसरमा जानकारी दिए ।
राइले विभिन्न मुलुकसँग लोक संस्कृति आदानप्रदानका लागि कार्यक्रमहरु आयोजना गर्ने, सार्कस्तरिय सांस्कृतिक महोत्सव गर्ने पनि लक्ष्य बताए ।

संस्थानका नियमित कार्यक्रम ‘राष्ट्रिय लोक नाटक महोत्सव’, ‘शास्त्रीय संगीत उत्सव तथा स्रष्टा सम्मान’, ‘अन्तरमावि नाटक प्रतियोगिता’, ‘अन्तरमावि नृत्य प्रतियोगिता’ आदिलाई समेत निरन्तराता दिने सोच बनाएका राइले लोपोन्मुख लोकसंस्कृतीको खोज अनुसन्धान गरी प्रशिक्षण एवं प्रस्तुति मार्फत उजागर गरिन समेत आफ्नो योजना आफ्नो रहेको पत्रकार सम्बेलनमा राखेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप