शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितुवाको आक्रमण : क्षतविक्षत अवस्थामा ११ वर्षीया बालिकाको शव भेटियो

शुक्रबार, २४ माघ २०७६, १० : ०९
शुक्रबार, २४ माघ २०७६

चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ । 

बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

 दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गरेका थिए ।  जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर  रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रही निरीक्षक अधिकारीले बताए । 

प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न  सकेका छैनन् । 

यसअघि तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी बालबालिकाले ज्यान गुमाएका घटना सार्वजानिक भएका थिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप